समाचार

भारतले सार्वजनिक गरेकाे नक्सा नेपाललाइ मान्य नहुने

दमक/ भारतले हालै सार्वजनिक गरेको भारतीय नक्सामा नेपाली भुमी कालापानी र लिपुलेख मिचिएको बिषयलाई लिएर भारतीय अतिक्रमण र सरकार विरुद्ध चौतर्फी विरोधको  हुन थालेपछि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयका नाममा जारी गरिएकाे विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी बिषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगले गरिएका कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख छ ।

विज्ञप्तीमा कालापनी क्षेत्र नेपालको हो भन्ने बिषयमा नेपाल सरकार स्पष्ट रहेको पनि जनाइएको छ । दुई देशबीचको सीमा सम्बन्धि विवाद ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट सुल्झ्याइनु पर्ने पनि सरकारले स्पष्ट पारेको छ ।

You may also like