झगेन्द्र खड्का
गौरादह, झापा । जाडाे मौसम सुरु भए सँगै झापाकाे दक्षिण क्षेत्रमा भक्का ब्यबसाय सरु भएकाे छ। तराई क्षेत्रमा बसाेवास गर्ने अधिकांश मानिसहरुले खाजाकाे रुपमा खान मनपराउने भक्का बिशेश गरि जाडाे मौसममा बनाईन्छ। चामललाई पिठाे बनाई पानीकाे बाफमा केहीपनि नमिसाई पकाईने भएकाले सबैले भक्का खान रुचाउने गर्दछन।भक्का खाने मनिसहरुले बिहानकाे समयमा खाने भएकाले प्रायजसाे चिया पसलकाे अगाडि वा त्यसकाे आसपासमा भक्का पकाउने गर्दछन्।
भक्कामा चिल्लो पदार्थ,मरमसला केहिपनि नमिसाईने भएकाले स्वास्थ्यका लागी समेत फाईदाजनक मानिन्छ। भक्कामा मिसावट नभएका कारण स्वादकालागी भने खाने ब्याक्तिमा फरक पर्दछ।गुलियाे मनपराउने ब्याक्तिहरुले चियासँग खाने गर्दछन भने नुनिले मनपराउनेहरुले धनियाकाे अचार वा नुन खुर्सानी सँग खाने गर्दछन।नास्ताकाे रुपमा खानेहरुले चनाकाे तरकारी सँग खाने गर्दछन।बिशेष गरि केटाकेटीहरुले अचार वा नुन खुर्सानी खाने गरेकाे पाईन्छ । बुढापाकाहरुले चियासँग भक्का खान रुचाउछन् । काम गर्न जानेहरुले चनाकाे तरकारी सँग भक्का खान रुचाउछन।केही मानिसहरुले पकौडा सँग पनि खाने गरेका छन। प्राय सबै प्रकारका बिरामीहरुले समेत खान मिल्ने भक्का काम गर्नेहरुकालागी बढी उपयोगी भएकाे पाईन्छ।अन्य खाजाकाे तुलनामा सस्ताेमा पाईने र आधादिन सम्म सहजै काम गर्न सकिने भएकाले खाजाकाे रुपमा भक्कालाई रुचाउने गरेकाे पाईन्छ। बिद्यालय वा कलेज पढ्नजाने बिद्यार्थीहरुकालागी पनि खाजाकाे रुपमा भक्का उपयोगी हुनेभएकाले बिद्यार्थीहरु पनि यसैमा आकर्षित हुनेगरेका छन् ।
दक्षिणी क्षेत्रका मुख्य बजारहरु गौरादह,ग्वालडुब्बा,गौरीगंज,दामुनाका साथै अन्य सानातिना बजार तथा चौकहरुमा पनि भक्का पकाई बिक्री गर्ने गरेका छन।भक्काबाट थाेरै समयमा घर खर्च चलाउने आम्दानी हुने भएकाले याे ब्यबसाय गरेकाे गौरादह -७ पुरानाे ग्वाल्डुब्बाकी भक्का ब्यबसायी कृष्णवत्ती माक्रा बताउछिन् ।भक्का पकाउनकालागी साँझमा चामल भिजाएर बिहानका राति उठेर पिठाे कुट्न केही समस्या भएपनि बिहान केही काम नहुने भएकाले समयकाे सदुपयाेग हुनुका साथै घर खर्च चलाउने कमाई हुने भएकाले भक्का ब्याबसाय गरेकाे गौरादहकी भक्का ब्याबसायी पेल्की ताजपुरीया बताउछिन् ।उनले दैनिक ५ के.जि. चामलकाे पिठाेकाे भक्का बनाई बिक्री गर्ने गरेकाे बताईन।कहिलेकाही भक्का पकाउन ढिलाे हुदा भक्का खाने ब्याक्तीहरु आएर पर्खिरहने गरेकाे बिद्यार्थीहरु समेत जम्मा भएकाे समयमा भक्का पकाएर दिन भ्याईनभ्याई हुने गरेकाे ग्वालडुब्बाकी भक्का ब्याबसायी सीता महत्ताे बताउछिन।