खेल

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले नेपाल क्रिकेट संघ क्यान माथि लगाएको निलम्बन सशर्त फुकुवा

काठमाडौं ,अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले नेपाल क्रिकेट संघ क्यान माथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, शर्तका विषयमा भने प्रष्ट खुलाएको छैन ।

यस्तै, आइसिसीले जिम्बावेको निलम्बन पनि फुकुवा गरेको छ ।

सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई २०१६ मा निलम्बन गरेको थियो ।

आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।

काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।

Author

You may also like