थारु समुदायको दशै

सरिता चौधरी

नेपालीहरुको महान पर्व दशै सबै जातिले मनाउने साझा पर्व दशै हो । सामन्यतया दशैमा मिठो खाने, राम्रो लगाउने र ठुलाबाट टीका थापि आशिष लिने चलन छ तर थारु समुदायको दशैमा चलन र रितिरिवाज फरक रहेको छ ।

२०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्यामा ६.६ प्रतिशात थारू जातिको दशैको सुरुवात जेउरा राख्ने (घटस्थापनार द्वितीया हेर्न दिन ) जमरा राख्ने दिन देखि सुरु हुन्छ । त्यो दिन आफ्नो चलन अनुसार कोहि साँझ कोहि बिहान कुनै भाडामा माटो राखि जेउरा राख्छन् र जेउरा राखेको भाडा डिउहृार ( थारूहरुको कुल देवता राखिएको पुजा कोठा ) वा चलन अनुसार अन्य ठाउँमा राखिन्छ ।

जेउरा राखेको छैठौं दिनलाई थारु समुदायमा झोलझरना भनिन्छ जुन दिन घर, आँगान सरसफाइ गरिन्छ । त्यसको भोलिपल्ट अर्थात सातौं दिनलाई घरपोट्ना र पैन धोइना भनिन्छ यो दिन थारु समुदायको चलन अनुसार घर शुद्ध बनाउनलाई घर लिप्ने गरिन्छ विशेषगरी डिउरार लिप्ने गरिन्छ र ढिक्रि बनाउने भाडा धुने काम गरिन्छ । सातौ दिनमा साँझदेखि कुल देवतालाई दशैको निम्तो स्वरुप डिउहृारमा दियो बालिन्छ र दशैको सुरुवात हुन्छ ।

जेउरा राखेको अठौं दिन थारु समुदायको दशैको बिशेष दिन ढिक्रावा हुन्छ । जुन दिन ढिक्रि ( चामलको पिठोबाट बनाएको एक परिकार ) बनाएर साँझ नुहाएर बेबरि (बाबरी फुल ) रक्सी र ढिक्रि मौराहनिया (मालुको पात ) को पातमा राखेर आफ्नो कुल देवतालाई चढाईन्छ। यो पुजा घरको जेष्ठ पुरुषले प्राय गर्दछ्न र महिलाले पुजामा सहयोग गर्दछन् ।

थारु समुदायमा दशै आउनु भन्दा १ महिना अगावै सखिया नाच नाच्ने गरिन्थ्यो तर आजभोलि छोट्टएर १५ दिनको नाच्ने गरिन्छ । झुम्रा नाच र दशै विशेष विभिन्न साँस्कर्तिक कार्यक्रम गरिन्छ ।

त्यसको भोलि पल्ट पित्राहुवा आर्थत नौवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुपिन्डोले बनाएको भेडा )  र भालेको बाली दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड ) दिने गरिन्छ । त्यो दिन बलि दिएको कुखुरा र कुपिन्डोभेडा पकाएर घरका सबैले बाडेर खाने गरिन्छ । र दिउँसो गाउँ भरिका मान्छे आ-आफ्नो घरको पित्तर निजकैको पानीको मुहानमा सेलाउन नाचगान गर्दै गईन्छ । त्यहाँ आ-आफ्नो घरबाट लगिएको मिठो मिठो परिकारहरु ( साग, गेडागुडी , सुँगुरको मासु, कुखुराको मासु, सिध्रा, घोङ्गी अदि) खाने ,नाच्ने रमाइलो गर्ने गरिन्छ ।

दशमीको दिन कुल देवतालाई टीका लगाई जिउरा बेबरी चढाइन्छ र घर परिवारलाई टीका लगाइने गरिन्छ। टिकाको दिन थारु समुदायले आफ्नो भल्मन्सा, गुरुवा (भर्रा) र ठुलाबढकोमा टीका लगाई नाचगान गरिन्छ । समुह बनाएर टिकाको दिन घर-घर नाच्दै टीका लगाउने र रमाइलो गर्ने चलन रहेको छ ।

यसरी मनाउने गरिएको थारु समुदायको साँस्कृति थारु समुदायको पर्व लगायत पोषक,भाषा र खानपिनमा परिवर्तन हुदै गएको छ । विकास हुनलाई परिवर्तन हुन जरुरी छ तर हामीले आफ्नो मौलिकपन विर्सन भएन तर मौलिकपनमा पनि नराम्रो पक्ष रहेको हुन सक्छ त्यसलाई बरु परिमार्जन गर्दै लैजानु पर्छ ।

 

Leave a Reply

Your email address will not be published.