देश–समाज

टिकाको चौथो दिन मान्यजनको हातबाट टिका लगाउने क्रम

काठमाडौं , आज टिकाको चौथो दिन आज पनि आफन्त र मान्यजनको हातबाट टिका लगाउने क्रम जारी छ ।

विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउन नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ ।

दशैको टिकामा आफूभन्दा ठूलाबडा, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

दशैंमा टाढा–टाढाका आफन्तजनहरु पनि समयमा नै सकेसम्म सबै आफन्तहरु कहाँ पुग्ने गर्दछन् । मंगलबारदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गरेको छ ।
त्यस्तै, दशैं मनाउन गाउँघर गएकाहरु फर्कन थालेपछि काठमाडौं उपत्यकाको सवारी आवागमन बाक्लिएको छ ।

Author

You may also like