काठमाडौं, दशैंका लागि काठमाडौं उपत्यका छोडेर गृह जिल्ला जानेहरु फर्किने क्रम जारी छ ।विभिन्न नाकाबाट उपत्यका भित्रिने सवारी साधनको संख्या पनि बढेको छ ।
बिहीबार मात्रै विभिन्न नाकाबाट २९ हजार ८५ सवारी साधन काठमाडौं भित्रिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।यस्तै, १३ हजार ५ सय ६५ वटा सवारी साधन बाहिरिएको महाशाखाले जनाएको छ ।
बिहीबार जगातीबाट २२ हजार ४ सय ३, नागढुंगाबाट ५ हजार ८ सय ५०, मुड्खु भञ्ज्याङ्बाट १ सय ९६, फर्पिङबाट ६ सय ३६ गरी जम्मा २९ हजार ८५ सवारी साधनहरु भित्रिएको महाशाखाले जनाएको छ ।
यसैगरी महाशाखाका अनुसार जगातीबाट ८ हजार ९ सय ९७ सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ३ हजार ८ सय १९, मुड्खु भञ्ज्याङ्बाट १ सय ८१, फर्पिङबाट ५ सय ६८ गरी जम्मा १३ हजार ५ सय ६५ सवारी साधनहरु बाहिरिएका छन् ।
दशैंको समयमा काठमाडौंबाट २६ लाख ४१ हजार ९ सय ८९ यात्रु बाहिरिएका थिए भने ११ लाख ३० हजार ९ सय ४२ जना यात्रु भित्रिएका छन् ।