काठमाडौँ, यौन दुर्व्यवहारको आरोपित निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उहाँलाई प्रक्राउ गरेको हो ।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले महरालाई नियन्त्रणमा बुझिएको छ । आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ ।