देश–समाज सुरक्षा

फेसबुक स्टाटसले पुर्यायाे प्रहरी हिरासतमा

वैशाख ७ गते ।  ईलाम फाकफोकथुम गाउँपालिका-७ का २४ बर्षीय सन्दिप योङहाङ लिम्बुलाई शनिवार बिहान सवा ८ बजे पक्राउ गरिएको छ ।
लिम्बुले सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा पक्राउ गरिएकाे हाे ।
आफ्नो फेसबुक स्टाटसमा ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनि तथ्यहिन र  भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाईएपश्चात जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

You may also like