देश–समाज सुरक्षा

पूर्वमा दमक असुरक्षित र जाेखिमपूर्ण बन्याे

दमक/  झापाको दमकमा केही दिनदेखि बजार खुल्ने समय बढाइएकोले दमक असुरक्षित र जोखिमपूर्ण बन्दै गइरहेको यहाँका स्थानीय नागरिक तथा राजनीतिकर्मीहरुले बताएका छन् ।

विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सब्जी, खाद्यान्नलगायत अत्यावश्यक वस्तु किनबेच गर्न पाउने भनी दमक नगरपालिकाले बजार केही खुकुलो गरेपछि यतिबेला सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको छ ।

भर्खरै भारतको मस्जिदमा सहभागी भइ फर्किएका मुस्लिम समुदायका व्यक्तिहरु नेपालका विभिन्न ठाउँका मस्जिदहरुमा लुकेर बसेको भन्ने खबर आएपछि दमकको मस्जिदबाट पनि १४ जना भारतीय मुसलमानहरु बसेको पाइएको थियो । उनीहरुको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

यसरी भारतीयहरु आउनेक्रम नरोकिएको भन्दै समाजवादी पार्टी १ नं. प्रदेशका अध्यक्ष प्रविण चाम्लिङले लकडाउनको उल्लङ्न भएको बताएका छन् ।

दमक उद्योग बाणिज्य संघका पुर्व कार्य समिति सदस्य समेत रहेका दमकबासी चाम्लिङले दमकमा लकडाउनको पालना नभएको र स्थानीय प्रशासनले गराउन नसकेको पनि बताएकाछन् । उनले विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पसल खोल्ने कार्य जोखिमपुर्ण भएको पनि जनाएकाछन् । चाम्लिङले प्रदेशभरका जिल्लाका बजार तथा भिडभाड हुने क्षेत्रहरु बन्द गर्न अनुरोध गरे ।

दमकका एक युवा तुलसी पुरी फेसबुकमा लेख्छन् – ‘ दमकमा यहि हिसाबले अतिआवश्यक सामान किन्ने समय राखिरहने हो र जनताले लकडाउन हाम्रो लागी हो भन्ने नबुझ्ने हो भने आउदो दिनमा दमकले ठुलो मुल्य चुकाउनु पर्ने छ।बेलैमा सम्बन्धित पक्षले ध्यान दिओस्।’

Author

You may also like