दमक। कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको पनि दुई महिना बितिसकेको छ।
लकडाउनले गरिब तथा अति विपन्न परिवार प्रभावित बनिरहेका छन। यसैक्रममा केही प्रभावित सर्वसाधारण लाई राहत वितरण गरिएको छ। झापाको कमल गाउपालिका ५ मा सुकुम्बासीलाई शनिवार राहत वितरण गरिएको हो।
अनेरास्ववियूका केन्द्रिय सदस्य रबि बस्नेतको समन्वय र नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ दमक तथा दमकका युवा व्यावसायीहरुको सहयोगमा ३० परिवारलाई राहत बितरण गरिएको हो। बिचल्लीमा परेका सुकुम्बासीका दुई तीन घरका परिवार, सामाग्रीको अभावमा एउटै चुलोमा मिलेर खाना खाइरहेका छन ।
सहयोग हस्तान्तरण अघि छोटो कार्यक्रम गरिएको थियो । कार्यक्रममा बस्नेतले धेरै दाताहरूले कोरोना महामारीको यो घडीमा नेपालमा लकडाउन सुरु हुनासाथ राहत बितरण गरे पनि आफुहरुले भने भर्खर मात्र वास्तविक पिडित परिवारलाई स्थलगत अवलोकन गरि सानो सहयोग गरेको बताए ।
राहत सामाग्रीमा १ बोरा चामल ,तेल, नुन, खोर्सानी लगायत रहेको नेपाल पुस्तक तथा स्टेसनरी महासंघ दमकका अध्यक्ष राजन खड्काले जानकारी दिए।