समाचार

मन्त्री तुम्बाहाम्फेद्धारा संविधान संशोधन बिधेयक पेश

काठमाण्डौं। सरकारले संविधान संशोधन बिधेयक संसदमा पेश गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले आज संसद बैठकमा सो विधेयक पेश गर्नु भएको हो।

यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखे पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेपछि सूचीबाट हटाइएको जनाइएको थियो। हिजो नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मत हाल्ने निर्णय गरेको छ।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर अधावधिक गरेको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो।

Author

You may also like