दमक । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले गरेका थिए ।
प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. महासचिव घनश्याम अधिकारी थिए भने विशिष्ठ अिितथमा जिलला सहकारी संघ लि. झापाका उपाध्यक्ष तथा मेची बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष नारायणप्रसाद भट्टराई रहेका थिए । यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक नगरपालिका सहकारी विभाग प्रमुख इच्छाराम चम्लागाई, जीवनचक्र नेपालका अध्यक्ष गणेश गौतमलगायत सहकारीसँग सम्बन्धित विभिन्न क्षेत्र, तह र तप्काका प्रतिनिधिहरु, समाजसेवीसहितको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष न्यौपाने स्वयंले वाचन गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक हेमचन्द्र खनालले गरेका थिए ।
संगिनी नाच समेत प्रस्तुत भएको थियो । सो संगिनी नाचको गायनमा चन्द्र मैनाली र रञ्जना श्रेष्ठ थिए भने सुशिला श्रेष्ठ, देवि खुलाल आचार्य, चन्द्र श्रेष्ठ, कमला सुवेदी, गिता खरेल, सविना खरेल, रक्षा सुवेदी, रमा बराल र उमा पाठक रहेका थिए ।
सहकारीमा आवद्ध सदस्यहरुको ठूलो जमघट भएको सो कार्यक्रममा सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा ज्येष्ठ सदस्य रसिलादेवी बराल, कर्मचारी ओमप्रकाश सापकोटा, शैक्षिक अभिभावकत्व ग्रहण बाबु भुवन भुजेल, आमा केमिला सुवार भुजेलको छोरी अलिसा भुजेललाई सम्मान गरिएको थियो । यसबाहेक सहकारीमा योगदान पु¥याउने विभिन्न क्षेत्रबाट समेत सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालक संस्थाका सचिव लिलानाथ खनालले गरेका थिए । कार्यक्रममा वक्ताहरुले सहकारी आन्दोलन र यसले झेल्नुपरेका समस्याको बारेमा बोलेका थिए ।
आधादर्जन बढी सेवा केन्द्र रहेको सो साकोसले सदस्यहरुलाई शल्यक्रिया खर्च, आगलागी राहात, प्राणघातक उपचार राहात, मृत्यु राहात र जीवन साथी जस्ता शीर्षकमा सेवा सुविधा दिँदै आएको छ । सो संस्थामा ५४० जना सदस्य रहेका छन् ।