देश–समाज स्वास्थ्य

दमकमा १ जनाको रिपोर्ट नेगेटिभ, २ जनाको परीक्षणका लागि पठाइयो

चैत्र २६ । दमकको लाइफलाइन अस्पतालमा उपचाररत रहेका १ जना विरामीको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार स्वाव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उनको रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाले जनाएको छ ।

विदेशबाट आएका अन्य दुईजनालाई दमकको आइओएम क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वाब परीक्षणका लागि बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको समेत नपाले जनाएको छ ।

दमकको मानसरोवर कलेजको क्वारेन्टाइनमा भने १ जनालाई राखिएको बताइएको छ ।

Author

You may also like