झगेन्द्र खड्का
गौरीगंज /नेपाल सरकारले काेराेना भाइरसकाे संक्रमण बढ्न नदिन लकडाउन गरेपछि बजारमा खाद्यान्न सामग्रीको मूल्य ह्वात्तै बढेकाे छ।लकडाउनका कारण आवतजावत, सवारीसाधन,पसल र सिमानाका बन्द हुँदा त्यसकाे प्रभाव खाद्यान्न सामग्रीमा परेकाे छ।
मानिसकाे जीवन जिउन नभइ नहुने दैनिक उपभाेग्य सामानकाे मूल्य बृद्विहुँदा सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन्। लकडाउन भएपछि दैनिक ज्यालादारीमा राेजगारी गरेर गुजारा चलाउने जनमजदुरकाे गरिखाने बाटाेसमेत हराएकाे छ। घर परिवार चलाउन गाँसकाे समस्या भइरहेको समयमा सामानकाे मूल्य ह्वात्तै बृद्वि हुँदा जनजिवन थप कस्टकर बनेकाे छ।
मानिसहरुलाई अति आवश्यक पर्ने दैनिक उपभाेग्य किराना,साग सब्जी तथा फलफुलमा लकडाउनकाे प्रभाव परेकाे छ।लकडाउन हुनु भन्दा पहिले सय रुपैयाँ केजिमा पाइने मुसुरो दाल लकडाउन पछि १ सय १५ रुपैया केजि, सय रुपैया केजि पाइएकाे हरियो मटर १ सय ३० रुपैया केजि, ७५ रुपैयाम्ह केजिमा पाइने चिनि ९० रुपैया केजि, २ केजि प्याककाे गहुँकाे आँटा १ सय २० रुपैयामा पाइने १ सय ३० रुपैया,खाने तेल प्रति लिटर १ सय ८० मा पाइनेमा २ सय रूपैयाँ, चना केजिकाे १ सय पर्नेमा १ सय २० र ३ केजिकाे भुजाकाे बाेरालाई २ सय १० मा पाइनेमा २ सय ३० भएकाे छ।
त्यसैगरि लकडाउन पछि तरकारीकाे मूल्यमा पनि बृद्वि भएकाे छ। लकडाउन पहिले ४० रुपैयाँ केजि पर्ने आलु लकडाउन पछि ५० रुपैयाँ केजि पुगेकाे छ ।सुकेकाे खुर्सानी १ सय ४० रुपैया केजि पर्ने अहिले ३ सय रुपैयाँ केजि पुगेकाे छ । हरियाे खुर्सानी २५ रुपैयाँ पावामा पाइनेमा अहिले ४० रुपैयाँ पावा भएकाे छ। अदुवा २५ रुपैयाँ पाव थियाे भने अहिले बढेर ४० रुपैयाँ पावा भएकाे छ। १० रुपैयाँ केजिमा पाइने बन्दा काेपी अहिले बढेर २० रुपैयाँ केजि भएकाे छ। १५ रुपैयाँ केजिमा पाइने बैगुन २५ रुपैयाँ केजि भएकाे छ। ५ रुपैयाँ गाेटा पाइने कागती १५ रुपैयाँ गाेटा भएकाे छ।
गाैरीगंज गाउँपालिकाका पुराना व्यापारी थाेक विक्रेता शशिराजा श्रेष्ठलेले खाद्यान्न सामानकाे मूल्य माथिबाटै बढेर आएकाे बताए ।खाद्यान्न सामानहरूकाे मूल्य बढेर आए पनि हामीले कम मार्जिन राखेर उपभोक्ताहरूलाई वेचिरहेका छाैं।
खाद्यान्न सामग्रीको बजारमा कृतिम अभाव सृजना हुन दिएका छैनाैं।लकडाउनका समयमा सामान पनि नपाईने र धेरै ठाउँबाट सामान जम्मा गरेर ल्याउनु पर्ने भएकाेले खाद्यान्नकाे मूल्य केही बढेकाे स्वीकार गरे।गाैरीगंजका अर्का थाेक विक्रेता जयश्री स्टाेरका सुदिप कुमार अटलले लकडाउनका कारण नेपालबाट आउने सामानहरूमा १० प्रतिशत र भारतबाट आयात हुने खाद्यान्न सामानहरूमा १५ प्रतिशतसम्म वृद्वि भएकाे बताए।सिमानाका बन्द हुदा भारतबाट आयत हुने सामानहरूमा राेक लाग्नु र नेपालबाट उत्पादित सामानहरूकाे मूल्य बढी पर्ने भएकाेले उपभोक्ताहरू मारमा परेकाे बताए ।हामीलाई आफै ढुवानी खर्च गरेर खाद्यान्न सामान ल्याउनु पर्ने बाध्यता छ। सामान बजारमा सर्टेज हुँदै गएकाेले सामानहरूकाे मूल्य बढेकाे बताए।
गौरीगंज गाउँपालिकाले गाउँपालिका भित्र रहेका बजारहरुमा खाद्यान्न, मल तथा बीउ विजन लगायत अन्य सामग्रीहरु व्यवसायी पसलेहरूले अनाधिकृत रूपमा मूल्य कायम गरि विक्री वितरण गर्ने नपाईने निर्णय गरेकाे छ।गाउँ पालिकाले खाद्यान्न सामानहरूकाे मूल्य बढाए पनि लगडाउनले सामानकाे मूल्य बढेकाे कारण देखाउँदै व्यापारीहरू पञ्छिने गरेका छन्।बाजार तथा पसलकाे अनुगमन गरि कालाबजारी हुन नदिने गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्ताे बताउँछन्।
खाद्यान्न सामग्री ढुवानी गर्न गाडीको ब्यबस्था गरिएकाले खाद्यान्न तथा तरकारीको मूल्य ह्वात्तै बृद्वि नहुने बताउदै अध्यक्ष महत्ताेले समानकाे बिल अनुसारकाे मुल्यमा ठिक नाफा राखेर बिक्री बितरण गरिने दाबी गरेका छन।