देश–समाज

धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी

धनगढी, धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ को कार्यालयमा बुधबार राति आगजनी भएको छ । वडा कार्यालयमा राति करिब १० बजे अज्ञात समूहले आगजनी गरेको र आगलागीबाट वडा अध्यक्ष कक्षको झ्यालको सिसा समेत फुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वडा अध्यक्षको कक्षभित्र आगजनीबाट सामान्य क्षति भएको छ ।

मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरेको प्रहरीले अनुमान गरेको छ । बोत्तलमा पेट्रोल हालेर आगो लगाएको देखिएको प्रहरीले जनाएको छ ।

You may also like