देश–समाज विचार/वहस स्थानीय

“सञ्जालको प्रभाव : सत्य हराउँदै, प्रचार बढ्दै”

किन लिप्दैछौ ?
नराम्रा सवालहरु
झुट
अनर्गल प्रचारवाजी
चलखेल
नगर्दा हुन्न र ?
गर्दा फाइदा कसलाई ?
सामाजिक सदभाव
खल्बल्याउदा के हुन्छ थाहा छ कि छैन ?
थाहा पाएरपनि किन बोलिरहन्छौ ?
देश दोहन गर्दा नि चेत खुलेन ?
अपराजित मनलाई किन नियन्त्रण गर्न सक्दैनौ ?
तिम्रा नेताहरूको बुइ किन चढछौ ?
राजनीति सकुनीको खेल हो भन्ने जान्दापनि
योसम्म किन बुझ्दैनौ ?
देशमा हिंसाको आगो फुक्ने को हो ?
थाहा पाइपाइ किन अर्कालाई दोष थुपार्छौ ?
शान्तिको देश नेपालमा पटकपटक
अनेकौं काण्डहरु घटे
घटने घटाउने को हुन थाहा छ नि
किन बुझ पचाउछौ , नपचाउ ?
बरु बचेखुचेको साख जोगाउ
हात मिलाउ
स्वर मिलाउ
शान्तिको कामना गर
देश दुःखेको बेला
हारगुहार नगर
तन, मन, वचनले
निः स्वार्थी भावनाले
उठाउ तिम्रा आवाजहरु …………?
चुनाव हाम्रै नजिक आयो । अनेकन धुन र आवाज, घोषणा पत्र, बढेमानका फोटा र ब्यानर बोकेर हामी नजिकै आउँदैछ, ठुल्ठुला आवाज लिएर । निर्वाचन नजिकिएसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ ।
सामाजिक सञ्जालले आजको राजनीतिमा गहिरो प्रभाव पारेको छ। यसले नेतादेखि कार्यकर्ता र आम नागरिकसम्मका विचारहरू सजिलै पहुँचयोग्य बनाइदिएको छ। जसले जनतालाई प्रत्यक्ष रूपमा आफ्नो आवाज बुलन्द गर्न र मुद्दाहरूमा राय प्रकट गर्न सक्ने अवसर दिएको छ। यसले लोकतन्त्रलाई विस्तार गर्न, सूचनाको पहुँच बढाउन र नागरिक सचेतना जगाउन ठूलो भूमिका खेलेको छ। तर, यत्ति हुँदाहुँदै पनि सामाजिक सञ्जालले राजनीतिमा गहिरो विकृत जरा रोप्न सुरु गरिसकेको छ।
सबैभन्दा पहिला, यसले फेक न्युज र गलत प्रचारको माध्यम बनेको छ । सत्यभन्दा बढी उत्तेजना फैलाउने समाचार र अफवाहहरू छिटो फैलिन्छन् । नेताहरू र राजनीतिक दलहरूले आफ्नो हितका लागि भ्रामक सामग्री प्रयोग गर्न थालेका छन्, जसले जनमतलाई भ्रमित बनाउँछ। त्यसपछि, घृणा र विभाजनको राजनीति बढेको छ। सञ्जालमा विचारभन्दा भावना हावी हुन थालेको छ, जसले समाजलाई “मेरो पार्टी बनाम तिम्रो पार्टी“ भन्ने द्वन्द्वमा फसाएको छ। यहि प्रवृत्तिका लागि झै काममा सहजताका लागि आएको एआई प्रवृधिको गलत प्रयोगले मानिसलाई अलमलमा पार्ने गरेको छ । कुन सत्य, असत्य छुट्याउनै नसक्ने आएका सामग्रीले युवाहरुलाई झुम्याएको छ ।
त्यसैगरी, नेताहरूको वास्तविक कार्यभन्दा उनीहरूको छवि निर्माण (ष्mबनभ उयष्तिष्अक) मा जोड बढेको छ। भाषण, फोटो, लाइभ र स्टेज शोबाट लोकप्रियता खोज्ने प्रवृत्तिले राजनीतिलाई प्रदर्शनको मैदानमा रूपान्तरण गरेको छ। सञ्जालमा सक्रियता देखाउने तर जमीनमा काम नगर्ने नेताहरूको संख्या बढ्दै गएको छ। साथै, राजनीतिक दलहरूले विरोधीमाथि आक्रमण गर्न भाडाका ट्रोल र फेक एकाउन्ट प्रयोग गर्न थालेका छन्, जसले सामाजिक सद्भावलाई कमजोर बनाएको छ।
यसको परिणामस्वरूप, युवामा राजनीतिप्रति हताशा र वितृष्णा बढ्दै गएको छ। उनीहरूले सञ्जालमा देख्ने राजनीति गाली, दोष र नकारात्मकताले भरिएको हुन्छ । यसले उनीहरूलाई राजनीतिको वास्तविक उद्देश्य — जनसेवा र नीति निर्माणबाट टाढा धकेल्दै लगेको देखिन्छ ।
त्यसैले, सामाजिक सञ्जालले राजनीतिलाई लोकप्रिय बनाएको हो, तर स्वस्थ बनाएको छैन। यसको जिम्मेवार प्रयोग, तथ्यमा आधारित संवाद र नैतिक राजनीतिक आचरण अपरिहार्य बनेको छ। सञ्जालले विभाजन होइन, चेतना फैलाउने माध्यम बन्न सकेमा मात्र लोकतन्त्र सबल र सन्तुलित बन्न सक्छ।
यो एउटा लोकतान्त्रिक पद्धति हो यो प्रक्रियालाई सबै दलहरुले स्वीकार गरेर अघि बढ्नै पर्छ । राजनीतिक दलहरुमा आस्था त सबैले राख्नै पर्छ तर गलतलाई गलत र सहीलाई सही भनेर अघि बढनुनै हामी जस्ता एक शिक्षित युवाहरूको कर्तव्य पनि हो । यो त हामीले भनिन्छ तर एक शिक्षित युवाहरूले अक्षरस ः पालना भने गरेको देखिन्न । आज तपाईं हामीले हेर्न र देख्न सक्छौ कि हामी जति शिक्षित भएपनि सभ्य हुन सकेनौ । हामीमा हिजोआज भूत चढेर आउन थाल्या छ । राम्रा कुराहरू हाम्रा मन भित्रै छन त्यसलाई रुपान्तरण गर्न भने सक्दैनौ । बरु अरुलाइ फुकिफुकि पाइला चाल्न उद्दत हुन्छौ । हिजोका दिनमा आफूले गरेका हजारौं गल्ती स्वीकार गर्न किन सक्दैनौ ? पटकपटक संसद पुनः स्थापना फेरि विघटन गर्ने योजनाकार को हो ? यो सूसूचित भएकै छ त, नबुझ्ने को गवार छ, हामीमाझ ? हिजो ४८ सालमा जन्मेको जेन – जी युवाहरू अहिले ३४ बर्षका भएका छन, इतिहासको पानामा नलेखिए तापनि आज गुगल पढेका छन, हेरेका छन, नेपाली राजनीति बृत्तचित्र । उनीहरूको आँखा र अध्ययनले के बुझेका छन त्योसम्म हाम्रा नेताहरू बुझेका छैनन । यो नबुझ्नु उनीहरूलाई घाटा हो । यो बुझ्न चाहेका छैनन उतिबेलाका नेताहरूले । बरु उतेजित भाषण गर्न सिकाइरहेका छन । आज हामी एक सचेत नागरिकहरुले सामाजिक संजाल, युट्युब, टिकटक, ट्वीटर हेरौं त ? धेरजसो आक्रोश र अश्लील मेसेज हेर्न सक्छौ । बिकृति यति बढदो छकी यो रोकिनेवालै छैन । हामीले इतिहासमा हिजो के पढेनौ ? के बुझेनौ ? के भोगेनौ ? के चाहिँ बाकी रहयो र ? भोलि यही समाजमा बस्नु छ, मेलमिलाप गर्नु छ, राजनीतिक सहकार्य गर्नु छ । यो जान्दासम्म हामी असल नागरिक कहलिन सकेनौ ? हामीलाई वादको भूत चढेको छ, पारिवारिक नाता प्यारो छ , राजनीतिमा । पुस्तान्तरणमा हुर्कदै – हुर्कदै गएको छ, नेपाली राजनीतिभित्र । यही भएर होला नेपाली राजनीतिभित्र वितृष्णाले जरो गाडदै जानु भनेको राजनीति छायामा पर्नु हो । यो बनायो कसले हो त ? कसैले होइन, तपाईं हाम्रा नेताहरूले गर्दा हो । यो सम्म खुलेर भन्न सक्दैनौ, हामीले । आज नेताहरू जनताको नजरबाट फेल त भए, भए तर भएको साखपनि दिनप्रतिदिन गिर्दै – गिर्दै गएको छ । अब त लाज लजाउनुपर्ने हो नेताहरूको तर एकरत्ति लजाएको देखिन्न । अब त अर्को राजनीति क्षेप्यास्त्र प्रयोग गर्न थालेका छन, पुरानो राज्य सत्ता फेरि ब्यूतिने भो भनेर आतुर बनेका छन । पुरानो राजसंस्थाका मालिकहरु किन अन्तर्वार्ता दिइरहेका छन, दिनुपर्ने कारण के हो ? यसको सही उत्तर दिनेसम्मका नेताहरू कोहि छैनन । ००७ सालको राजनीतिक क्रान्ति यताका नेताहरूको विरासत हेरौ न, आकाश पातालको फरक देख्न सकिन्छ भने अहिलेका नयाँ पुस्ताहरुले बयोबृद्द नेताहरूलाई प्रश्न तेस्र्याउदासम्म चित्त बुझ्दो जवाफ कोहिकसैले दिन सक्ने अवस्था देखिन्न । आखिर युवाहरूमा बिद्रोोहका स्वरहरु किन जन्मिदैछन ? के कारणले जन्मियो ? उनीहरूको आक्रोश किन थियो नेताहरू लक्षित ? यहाँ युवाहरूलाई भ्रम कसैले नउमार्दा हुन्छ कि युवाहरू इतिहासका दस्तावेज हुन किनकि उनीहरूले मोबाइलबाटै बिश्व संसार देखिसकेका छन । यो भनेकै प्रविधिको बिकासले गर्दा हो, यो ज्ञानबोध नेताहरूमा छैन युवाहरूमा छ । यहाँ कोहिकसैले नेताहरूको बकम्फुसे कुरा सुन्नेवालै छैनन । युवाहरूले जनमत दिने कुरामा स्वबिबेकले दिन्छन भन्ने कुराको बोध अगाडिका निर्वाचनका परिणामहरुबाटै बुझ्न सकिन्छ । हिजो देशकै सबैभन्दा बढी जनमत ल्याएर चुनाव जित्ने दलहरु एक्कासि कसरी खुम्चिए, किन वादहरु अल्मलिदै गए ? आज टुटफुट छन , चुनाव चिन्ह र पार्टी परिवर्तन भए । नेपाली राजनीतिमा यो हुनु भनेको शुभ सङकेत भने पक्कै होइन, यो नेताहरूले अहिलेपनि बुझ्न सकेकै छैनन । हिजो भाद्रो २३ र २४ गतेको विरासत केका लागि थियो, किन थियो, के कारणले थियो ? यसको समिक्षा कुन दलहरुले पार्टी भित्र गरेर आत्माआलोचना गर्न सके त ? आत्माआलोचना त कता हो कता । आफूले गरेको गल्ती सम्म स्विकार गर्न सकेनन हिजोका सत्ता संचालकहरुले । आज सत्ता बाहिर बसेर जतिसुकै नारा घन्काउन, सत्तोसराप गरुन, आरोप यो र त्यो भनेर लगाउन अबका जेन – जी पुस्ताहरुले नजिकबाट नियालिसकेका छन कि अबको फागुन २१ गते पछिको मार्गचित्र के हो त ? ब्यालेट पेपरमै जवाफ देलान या नदेलान त्यो भने हेर्न दिन कुर्ने बेला नजिकिदैछ । आशा गरौं कि देशले शान्ति, सुशासन, समावेशी लोकतान्त्रिक गणतन्त्र खोजेको छ । सबलाइ चेतना भया ।

Author

You may also like