दमक/ दमक नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई विभिन्न अत्याधुनिक साना औजार सामग्रीहरु वितरण गरेको छ । दमक नगरप्रमुखले समूहका किसानलाई मर्क छोडाउने मेसिन हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । दमक नगरपालिकाको सूचनाका आधारमा भेला भएका कृषकहरुलाई मकै छोडाउने मेसिन, मकै रोप्ने, ड्याङ बनाउने हलोलगायतका सामग्रीहरु किसानलाई उपलब्ध गराएको छ । सानो औजार तर ठूलो काम गर्ने भएकोले यि औजारहरु व्यक्तिगत र समूहमा वितरण गरिएका नगरप्रमुख रामकुमार थापाले बताए । उनले ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएका ति औजारहरु झण्डै अढाई सय कृषकलाई वितरण गरिएको नगरप्रमुख थापाले बताए । थापाले कृषकहरुका समस्यासँग जुध्दै कृषकलाई व्यवस्थित गर्दै लाने र उत्पादनमा जोड्ने दमक नगरपालिकाको नीति अनुसार नगरपालिका कृषकसँग जोडिएको बताए ।

मकै छोडाउने मेसिनले एक घण्टामा करिब ७ मन मकै छोडाउने भएकोले त्यस्ता सामग्रीहरु समूहमा सबैले उपभोग गर्ने गरी वितरण गरिएको उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताईन । उनले दैनिक रुपमा जनशक्ति घट्दै गएको, परिवार संख्या घट्दो अवस्थामा नयाँ नयाँ प्रविधिलाई कृषिसँग जोडियो भने आम्दानी बढाउने र सहजरुपमा धेरै काम गर्न सकिने पछिल्लो तथ्याङ्कले देखाएको छ । दमक बजार मात्र नभएर गाउँकेन्द्रीत वडाबासी कृषक दाजुभाईको सहजिकरण र प्रोत्साहनका लागि बिउबिजनदेखि अत्याधुनिक औजारसम्म वितरण गर्दै आएको बताईन । कृषिका कार्यक्रम निरन्तर भईरहेको छ । कहिले माटो परिक्षण, कहिले बिउबिजन वितरण, कहिले औजार वितरणलगायत धेरै विषय र सन्दर्भमा जोडिएर कृषकसँग दमक नगरपालिका जोडिएको उनले बताईन । २ नम्बर वडालाई मकै जोनका रुपमा विकास गरिएको र कतिलाई ५० प्रतिशत र कतिलाई सतप्रतिशत अनुदानमा ४२ विगाहामा मकै लगाइएको छ । त्यहाँ मकैबाट एउटा खुट्टीबाट एक कठ्ठा बराबर २९ हजारमा मकै बेचेको र ५ वटा खुट्टलाई डेढ लाखमा बेचेको किसानले बताएको सुनाईन । उनले भनिन–त्यहाँ तीन बाली लगाउने त्यो ठाउँमा मकै निकालेर फेरी अर्को मकै नै लगाईसकेको अवस्था रहेको र तोरी लगाएर तुरुन्तै मकै लगाएको अवस्था एक कठ्ठा जग्गामा १५ मन त्रिमुर्ति मकै उत्पादन भएको उनले बताईन । कार्यक्रममा कृषि शाखा प्रमुख र कर्मचारीसहित नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Author

You may also like