दमक/ संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राप्रपाले काठमाडौंको बल्खुमा खबरदारीसभा सम्पन्न गरेको छ ।
पृथ्वीनारायण शाहको तस्बिरमा माल्र्यापण गर्दै जय राष्ट्रवादको नारासहित सुरु सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेलगायतका नेताहरु सहभागी रहे ।
पार्टीका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेताहरु कार्यक्रम स्थल पुग्दा विभिन्न बाजासहित पञ्चे बाजा बजाइएको थियो ।
गत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु कार्यक्रमलाई शान्तमय बनाउन प्रशासन र राप्रपा दवै सतर्क रहेका थिए । प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने पार्टीले स्वयंसेवक तैनाथ गरेको थियो ।
व्यवस्था बदलौं, अवस्था बदलौं भन्दै भ्रष्टाचार र कुशासन विरुद्ध चर्को आवाज उठाउँदै आयोजित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनका आदेशलाई मानेर आफूले भृकुटी मण्डपको कार्यक्रम बल्खुमा सारेको विषयलाई कमजोर नठान्न आग्रह गरेका छन् । उनले भने शान्ति, अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोर नठानियोस् । आफूहरु गोली नचलाउने तर वालुवाटार घेरेर भातपानी बन्द गर्न सक्ने चेतावनी दिएका थिए ।
‘राप्रपा जो राजनीतिक पार्टी हो । जसले मौका प¥यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु भनेर भोट मागेर देशको पाँचौ दल भएको पार्टी हो ।’ उसलाई भृकुटीमण्डपमा आमसभा गर्न दिँदा ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र, कति कमजोर गणतन्त्र हो,’ लिङ्देनले भने, ‘त्यो संसारले देखोस् भनेर कुनै लफडा नगरेको हो । हामीले आह्वान गरेर यस्तो जुलुस चारतिरबाट ठेल्दियौं भने कसलाई गोली हान्छौ ?’ उनले प्रश्न गरे ।
यसैसन्दर्भमा पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् । उनले भने रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ,’ लोहनीले भने, ‘रावण भनेको अहंकार हो, अरुको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेपछि जे पनि ठिक हुन्छ भन्ने हो । त्यो रावण प्रवृत्ति हो ।’ जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हावी हुँदै गएको बताउँदै यसको विरुद्धमा संघर्ष गर्ने मूल चुनौती रहेको बताए ।
त्यो प्रवृत्ति जनताको मत लिएका राजनीतिज्ञ छन्, जनताले पठाएकाहरूको प्रवृत्ति रावण प्रवृत्ति भएर गएको छ । यो ढुकुटी भनेको मैले जे पनि गरे हुन्छ,’ उनले भने, ‘यसको विरुद्धमा संघर्ष गर्न आजको मूल चुनौती हो । ठूला पार्टीहरू गर्ने छैनन् । उनीहरू त्यही प्रवृत्तिबाट फाइदा लिइरहेका छन् ।’ यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा, छविमा धुमिल बनाएको उनको आरोप थियो ।

Author

You may also like