देश–समाज शिक्षा समाचार स्थानीय

विपदमा परेकालाई दमक नगरपालिकाको सहयोग

दमक–४, ताराबारी । एक महिला अम्बिका सिवा । उनको श्रीमान बितेको ५ वर्ष भयो । हिजोका दिनमा हेपाहा, थिचोमिचोमा परेर अहिले दलितको कोटामा परेकी सिवा भर्खरै तंग्रिदै सामाजिक न्यायका आधारमा जीवन चलाउँदै गरेकी छन । सिवा सामान्य लुगा सिलाएर छोराको लालनपालनमा लागेकी छन् । उनको पनि गत वैशाखको हावाले घर सबै उडायो । उनको पनि त्यो विपदको बेलाको सोच, चिन्तन र मनस्थिति उस्तै थियो जस्तो माथिका पात्रको थियो । उनी अब के गर्ने, कसो गर्ने हतास र उदास मनस्थितिमा थिईन । उनको मनमा पनि एउटा आशाको त्यान्द्रो नगरपालिका थियो । त्यो अगाडि पनि अनेकन समस्यासँग नगरपालिकाको सहयोग पाईरहेकी सिवाका लागि नगरपालिका गुहार्नुको विकल्प थिएन । मेयर रामकुमार थापा र उनको टिमले क्षतिको मूल्यांकन गरेर ५० हजार रकम उपलब्ध गराए पछि पुरानो घर नयाँ बन्यो । बाँसले बारेर बसेकी सिवा अहिले सबैतिर टिन लगाएर बसेकी छन् । छोरा काठमाडौंमा अध्ययनमा र छोरीको विवाह भईसकेको अवस्थामा उनलाई अझै त्यो घरको १० हजार ऋण छ– उनी अझै विक्षिप्त मन लिएर त्यो १० हजार पोलिरहेको कुरा बारम्बार दोहो¥याउँछिन । शायद यो पनि नगरपालिकाले दिए उनी कति आनन्दित र प्रफुल्लित भएर बाँच्ने आधार खोज्थिन होला ।
मेयरले गरेको साथ, सहयोगलाई उनका रसाएका आँखाले नै बताईरहेको थियो । उनले एउटा अभिभावक र माइतीको रुपमा भगवान बनेर मेयरसाप आइरहेको उल्लेख गरिन् । अनेकन समस्या, दूःख र पीडासँगै जीवनसँग पौठाजोरी खेल्न त्यति सहज छैन र थिएन, किनकी उनी एकल महिला हुन् । समाजमा एकल महिलालाई बाँच्न निकै सकस परिरहेको बेलामा नगरपालिकाका मेयर थापाले देखाएको मानवताले नतमस्तक बनाइदिएको मात्र छैन मर्ने सोच पालेकी सिवालाई बाँचेर केही गर्ने उत्प्रेरणा मिलेको छ । अझ ठूलो उत्प्रेरणा र हौसला त्यही बेला मिल्यो अनुगमनमा घरमा पुगेका मेयर थापाले काठमाडौं पढ्दै गरेको छोरालाई लिएर यहि बस्नुस् छोराका भविष्य र तपाईको दैनिकमा अझै केही गर्नेछु भन्ने वचन दिए ।
दमक–४, मदनडागी, संगमचोक । नारायणबहादुर कार्की – जो श्रीमति महिलालाई छोडेर प्रायः बाहिरै रहन्छन । श्रीमान साथमा नहुँदाको अवस्थामा गत वैशाखको हावाहुरीले उनको घरको टिनको छानो उडाईदियो । एकजना महिला जो दैनिकसँग जुधिरहेकी छन् उनमा विपद आइलाग्यो– त्यो विपदका बेला पुगे दमक नगरपालिकाका मेयर रामकुमार थापा । त्यसो त कार्कीको घरमा मेयर थापा त्यो विपदमा मात्र होइन उनको आमा सिकिस्त हुँदा पनि डो¥याएर अस्पतालसम्म लगेर उपचारमा निकै सहयोग गरेको उनी सम्झन्छन ।
कार्कीकी श्रीमति मेयर थापाबाट पाएको सहयोग सम्झँदै भन्छिन– अभिभावक भनौं, माइती भनौ वा भगवान । विक्षिप्त मन भईरहेको बेला अत्तालिएको बेला, के गरौं, कसो गरौ भईरहेको बेला छानो लगाईदिने वचन पाउँदा स्वर्गीय आनन्दको अनुभूति भयो । दमकमा यस्तो मेयर पाइयो कि– कहिँ कसैलाई केही बिझे वा दुखे आफैलाई दुखे झै गरी उहाँले साथ, सहयोग गरिरहनु भएको छ । दाल, चालम, तेल, नुन इत्यादि अन्य थुप्रै सहयोग पाईरहेको बेला पछिल्लो समयमा खुल्ला आकाशबाट बचाउनका निम्ति दिएको २० हजार सहयोग २० लाख जस्तो भयो । जुन पैसाले किनेका टिनले छानो पहिलाको भन्दा राम्रो भयो । उनले दमकमा स्थानीय सरकारमा गरिब, दुखीको सरकार अहिले आएको अनुभूति भएको समेत उल्लेख गरिन् ।
त्र दमक–४ मै बसोबास गर्ने अर्का भिमप्रसाद सिग्देल । उनको पनि सोही हावाहुरीले घरकै छानो उडाईदियो । सानो मुनि पक्का भएकै घर । अरुले देख्दा पक्का घरवाला भनेझै लाग्ने तर त्यही ४ कोठाको घर बाहेक अरु आधार केही नभएको अवस्थामा आर्थिक अवस्था, पारिवारिक स्थिति वा राजनीतिक सोच र चिन्तन केही नहेरी मानवताका आधारमा गरिएको सहयोगले अत्यन्तै खुशी तुल्यायो । खुशी हुन ठूलो कुरा चाहिन्न भन्ने सुन्थे अहिले आफैले अनुभूति गरे । चोट सबैको उस्तै हो । पीडा, दुःख र वेदना उस्तै हुन भनेर मानवियताका आधारमा दमक नगरपालिकाले दुःखीहरुको घाउमा मल्हम लगाउने उद्देश्यले विपदमा जसरी राहत उपलब्ध गरायो त्यो अविष्मरणीय छ । त्यो फेरी हरेक वर्ष कुनै कुनै रुपमा आएका विपदमा उत्तिकै र उस्तै तरिकाले प्रस्तुत हुने बानी मेयर थापाको रहेको पनि उनले सुनाए । उनको घरको टिन लगाउन नगरपालिकाले २० हजार नगद उपलब्ध गराएको थियो र सोही रकमले उनले घरमा टिन लगाएका छन् । उनले थपे– अन्त के कसो हुँदैछ थाहा भएन तर वडा नं. ४ का बासिन्दालाई साना र ठूलो, गरिब र धनी सबैलाई कुनै न कुनै रुपबाट भेदभाव र पक्षपातरहित ढंगबाट साथ, सहयोग भईरहेको छ । सबैभन्दा ठूलो कुरा मदनडाँगी–ताराबारी–डिपु सडक विदेशको झल्को दिने प्रकृतिको नमूना सडक बन्यो । यसले यो भेगका बासिन्दालाई ठूलो राहत दिएको छ ।
माथि उल्लेखित पात्रहरु प्रतिनिधिमूलक मात्र हुन । हरेक वडाका दर्जनौलाई यस्तो सहयोग भएको छ । दमक नगरपालिकाले दिएको सहयोगको तिनै सहयोगको सहि सदुपयोग भएको छ कि छैन भनेर मिडियाकर्मीसहितको टोली लिएर मेयर रामकुमार थापाबाट भएको अनुगमन, निरिक्षणका क्रममा मंगलबार उनीहरुले मिडियामार्फत सुनाएका कुरा हुन् ।
दमक नगरपालिकाले हरेक वडामा दर्जनौं आर्थिक पहुँच कम भएका गरिब, बेसहारालाई उचित समयमा उचित निर्णयसहित साथ र सहयोग गर्दै आएको छ । सोही वडामा प्रकाश धिमाल, कुकराज राई, सिता सार्की, सुशिला विक, मञ्जु बिकलगायत २ दर्जन बढी परिवारलाई ७ हजार, १० हजारदेखि ५० हजारसम्मको राहत उपलब्ध भएको छ । वडा नं. १ का गणेश राई, दिलमाया कुमार हुन वा वडा नं. २ का शैलेश विश्वकर्मा, सन्तोषकुमार धिमाल, वडा नं. छ का गायत्री पोखरेल वा ७ का आरती मल्लीक, कमला कुमाल, देवीमाया लिम्बु हुन वा वडा नं. ८ का रविन्द्र दर्जी, लक्ष्मीप्रसाद श्रेष्ठ, धनपति भट्टराई, ९ का राजु लोहार, निर्मला बस्नेत सिटौला, अनुफा टेप्पो, सुजित तिर्की, भिम बहादुर तामाङ, १० का जीवन सिवा, निलम लिम्बु वा हर्कबहादुर राई जस्ता दर्जनौं व्यक्तिहरुले हरेक वडामा राहत सहयोग प्राप्त गरेका छन् ।
नगरपालिकाले वैशाख र जेठमा आएको हावाहुरीबाट सामान्य मानिसहरुको घरको क्षतिमा मल्हमपट्टि लगाउनकै लागि मात्र करिब १० लाख बढी खर्चेको छ । त्यसो त त्यो तल्लो वर्गका परिवारका लागि मात्र हो अन्य ठूला फर्म वा कृषि कर्म, शैक्षिक संस्था, स्वास्थ्य संस्थासहित उद्यमीव्यवसायीलाई दिएका सहयोग धेरै छन् ।
पछिल्लो समयमा दमक नगरपालिका हरेक परिवारको गाँस, बास र कपाससहित स्वास्थ्यको क्षेत्रिमा गम्भिरताका साथ लाग्दै आएको छ । चाहे करोडपति हुन वा बेसहारा वा भूमिहिन सुकुम्बासी । सबैको पहुँचमा नगरपालिका पुगेर दमकबासीको सेवामा समर्पित हुन पाएकोमा आफूलाई गौरवान्वित र सन्तुष्टि मिलेको मेयर रामकुमार थापा बताउँछन् ।

Author

You may also like