देश–समाज राजनीति

मंसिर २९ गते सरकार विरूध्द प्रदर्शनका लागि सडकमा आउन कांग्रेसकाे आव्हान

bishwa prakash sharma

काठमाडौं । सरकार विरुद्ध सडकमा आउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा उपचारमा देखाएको उदासिना तथा स्वास्थ्य सामग्रीलगायत विविध क्षेत्रमा भएको भ्रष्टाचारको विरोधमा मंसिर २९ गते कार्यकर्तालाई सडकमा आउन आव्हान गरेको हो ।

बिहीबार कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको बैठकले ७७ वटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने तय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गत मंसिर १७ गते तनहुँमा भएको धरपडकको विषय पनि सो प्रदर्शनमा उठ्ने शर्माले बताए ।

त्यस्तै कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पनि मंसिर २८ गते ४ बजे ७७ वटै जिल्लामा सिट्टी फुकेर विरोध जनाउने तथा २९ गते पार्टीले आव्हान गरेको प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ ।

Author

You may also like