देश–समाज

अरिङगालले टोकेर एक जनाको मृत्यु

उदयपुर, उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारमा एक जनाको अरिङगालले टोकेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय दलबहादुर परियार रहेका छन् ।

बुधबार दिउँसो आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

You may also like