काठमाडौ“, नेपाल मजदुर किसान पार्टीको सातौ“महाधिवेशन शुक्रबार भक्तपुरको सल्लाघारी खुलास्थानमा आयोजित भव्य समारोहबीच पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले उद्घाटन गर्नुभयो । काठमाडौ“को कोटेश्वर र भक्तपुरको च्याम्हासिंह दुईतिरबाट आएको विशाल जुलुस सल्लाघारीको खुलास्थानमा पुगेर महाधिवेशनको उद्घाटन समारोहमा परिणत भएको थियो । विभिन्न सांस्कृतिक बाजागाजासहित मौलिक भेषभूषामा सहभागी दसौ“ हजार जनता महाधिवेशनमा सहभागी बनेका थिए । सहभागीहरूले फहराएका राता झन्डाले अरनिको राजमार्ग रातै देखिएको थियो ।
महाधिवेशनको उद्घाटन समारोहमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे“ले विदेशमुखी अर्थतन्त्रकै कारण देशको सबै क्षेत्रले दुर्दान्त परिस्थिति सामना गरिरहेको बताउनुभयो । उहा“ले शिक्षामा देखिएको स्तरहीनता र असमानता, स्वास्थ्य सेवामा देखिएको अराजकता, अर्कमन्यता र जिम्मेवारीहीनता, डाक्टरी पढ्न लाखौ“ लगानी आदि सबै विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को सदस्य भएपछि हुने परिणामबारे नसोच्दा देखिएको स्थिति भएको बताउनुभयो । उहा“ले विदेशी बैड्ढहरूको छेलोखेलोले नेपालको अर्थतन्त्र विदेशीको हातमा पुग्नु नियोजित पाइला भएको र प्रशासन, प्रहरी, गुप्तचर विभाग र सेनामा समेत विदेशी छाया परेको बताउनुभयो । अध्यक्ष रोहितले भन्नुभयो, “विदेशीले फैलाएको चाणक्य नीतिमा नेपाल फस्दैछ र यसमा नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीका प्रधानमन्त्रीहरू तथा मधेसवादी, राप्रपा तथा अन्य जाति र धर्मका राजनैतिक दलका नेता र मन्त्रीहरू सबै जिम्मेवार छन् ।”
आफ्नै देशमा जनतालाई दुःख हुने नाकाबन्दीको समर्थन गर्ने र चर्काउने विभिषणहरू देशभक्त हुन् वा देशद्रोही हुन् भनी प्रश्न गर्नुहु“दै उहा“ले भन्नुभयो, “नेपाली जनताको अहितमा र विदेशीको हितमा हस्ताक्षर गर्ने सबै प्रधानमन्त्री तथा मन्त्रीहरू देशको यस परिस्थितिमा जिम्मेवार छन् ।” प्रधानमन्त्री को हुन् वा को भयो भन्ने मूल विषय नभएकोमा जोड दिनुहु“दै अध्यक्ष बिजुक्छे“ले कसले देशको हितमा काम ग¥यो र कसले विदेशीको लागि काम ग¥यो भन्ने महŒवको विषय भएको बताउनुभयो । उहा“ले भन्नुभयो, “७० लाख युवाहरू विदेश पठाउने नीति ल्याउने, लाखौ“ लाख विदेशी ज्वाइ“ र भान्जा–भान्जी परिवारलाई नागरिकता दिन लगाउने नीतिमा हस्ताक्षर गर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, विदेशको हात माथि हुने गरी टनकपुर, माथिल्लो कर्णाली र अन्य जलविद्युत् योजनाहरूमा हस्ताक्षर गर्ने प्रधानमन्त्री र मन्त्रीहरू देशभक्त हुन् वा देशद्रोही हुन् निक्र्यौल गर्नु आवश्यक छ ।”
समसामयिक राजनीतिबारे चर्चा गर्नुहु“दै उहा“ले देशको कूटनीति मगन्ते कूटनीति भएको र एउटा सार्वभौम देशको कूटनीति मगन्ते कूटनीति हुन नसक्ने बताउनुभयो । “अब नेपाललाई दिने विदेशी सहयोगसमेत भारतमार्फत आउने सङ्केत छ । अब नेपाल विदेशी सहयोगको नाममा अमेरिका र भारतको जालमा फस्दैछ”, उहा“ले भन्नुभयो ।
देशका विभिन्न राजनीतिक दलबारे पार्टीको धारणा प्रस्ट बनाउनुहु“दै बिजुक्छे“ले काङ्ग्रेसको सिद्धान्तहीनताको कारण पार्टी कार्यकर्ता र ठेकेदार सदस्यहरू गुन्डा र भ्रष्टले प्रतिद्वन्द्वीहरूलाई नै निर्वाचनमा पैसा र सिद्धान्तहीन समर्थन गरी देशको राजनैतिक अराजकता फैलाएको बताउनुभयो । सत्तारुढ नेकपाबारे उहा“ले भन्नुभयो, “एमाले र माओवादी पार्टीहरू निर्वाचनमा बहुमत ल्याएर नेकालाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहीन राजनीतिमा हाम फालेका हुन् । आफूहरूस“ग पटककै नमिल्ने क्षेत्रवादी र अवसरवादीहरूस“ग पनि मिलेर निर्वाचनलाई प्रयोग गरी सरकारमा जाने उद्देश्य राख्नु आफै माक्र्सवाद नभई संशोनवाद र अवसरवाद हो ।” उहा“ले भन्नुभयो, “माक्र्सवादलाई विश्वासघात गर्ने संशोधनवादी र भारतीय फासीवादको अगाडि झुक्ने नीति र विचार बोक्ने पु“जीवादी शासक दलहरूस“ग नेमकिपाको निरन्तर सैद्धान्तिक सङ्घर्ष चालू छ ।”
उहा“ले अघि भन्नुभयो, “कोरा सिद्धान्तवादको अर्थ समय र परिस्थितिबारे राम्रो मूल्याङ्कन नै नगरी क्रान्तिको फलाको गर्नु जडसूत्रवादी र उत्ताउला कम्युनिस्ट हुन् भने क्रान्तिको परिस्थिति हु“दा हु“दै क्रान्तिको आह्वान नगर्नु संशोधनवाद हो । मुुखले समाजवाद र जनतालाई ठूल्ठूला आश्वासन दिने तर व्यवहारमा वचन पूरा नगर्ने पाखण्डी र विश्वासघाती हुन् ।” नेमकिपा क्रान्तिकारी संसदवादको पक्षमा रहेको भनाइ राख्नुहु“दै अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “नेमकिपाले क्रान्तिकै निम्ति दीर्घकालीन सोच राखेर संसदलाई कामदार जनता, देशको स्वतन्त्रता र सार्वभौमिकता, सर्वहारा अन्तर्राष्ट्रवाद र समाजवादको समर्थनमा प्रयोग गर्नु भनेको ‘क्रान्तिकारी संसद्वाद’ हो ।” अन्तर्राष्ट्रिय परिस्थितिबारे धारणा राख्नुहु“दै उहा“ले संरा अमेरिका–भारत–जापानको त्रिकोणात्मक भूमरीमा नेपाल पर्न नहुने बताउनुभयो ।
भारतको मोदी सरकार दक्षिणपन्थी, धार्मिक कट्टरता भएको, ठूलो राष्ट्र अहङ्कारवादी फासीवादी सरकार भएको प्रस्ट पार्नुहु“दै उहा“ले मोदी सरकारले भारतीय मुसलमान, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, दलित र अन्य धर्मावलम्बीहरूलाई मात्रै होइन अरू राजनैतिक दल र भारतीय जनताको राजनैतिक र मौलिक अधिकार हनन् गरेको एवम् एउटा अलग्ग झन्डा, अलग्ग संविधान भएको देशलाई विशेष सम्बन्धको जालमा पारेर काश्मिरमा लाखौ“ सेना र सुरक्षाकर्मी पठाएर काश्मिरी जनतालाई बन्दी बनाएको बताउनुभयो । उहा“ले २१ औ“ शताब्दीको त्यो पहिलो एकचौथाइ अवधिमा संसारको एकल महाशक्ति सम्झिने संयुक्त राज्य अमेरिकी साम्राज्यवाद एक ¥हासोन्मुख पु“जीवादी देश साबित भएको बताउनुभयो । उहा“ले भन्नुभयो, “अत्याधुनिक नरसंहारकारी हात–हतियारको उत्पादनमा अति अधिक लगानी, अफ्गानिस्तान, इराक, लिबिया र सिरियामा भइरहेको आक्रामक युद्ध र संसारभरि आफ्नो युद्ध उन्मादी सैन्य अखडाहरूको स्थापनाले अमेरिकी पु“जीको अपव्यय र अनुत्पादक खर्चका कारण अमेरिकी साम्राज्यवादको अर्थतन्त्र ¥हासोन्मुख अवस्थामा छ ।”
चीन र संरा अमेरिकाबीचको व्यापार युद्ध सबैको चिन्ताको विषय भएको प्रस्ट पानुैहु“दै उहा“ले अमेरिकी अहङ्कारको कारण चिनियाँ सामानका कर बढाएको बताउनुभयो । अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “ट्रम्प प्रशासनको चीनप्रतिको त्यस्ता विष वमनबारे एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका सरकारका जिम्मेवार व्यक्तिहरूले चीन आफ्नो राम्रो व्यापार साझेदार हो, चीनस“गको आफ्नो व्यापार अमेरिकास“ग भन्दा बढी भएको र चीनको सहयोग ‘ऋण पासो’ नभई विकास निर्माणका आधारभूत सहयोग भएको बताए ।” कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताउनुभयो ।
उहा“ले नेपाललाई बलीको बोको बनाउन खोजिएको हुनाले नेमकिपाले इन्डो प्यासिफिक सैन्य गठबन्धनको विरोध गरेको धारणा राख्नुभयो ।
संरा अमेरिकाको दबाबमा सरकारले प्रजग कोरियाली लगानी सबै फिर्ता लान दबाब दिएको चर्चा गर्नुहु“दै सचिव सुवालले संरा सङ्घले प्रजग कोरियाविरुद्ध आणविक हतियार बनाएको आरोप लगाएको झूट भएको र संसारमा सबभन्दा बढी हतियार उत्पादन गर्ने देश अमेरिका भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षलाई नेपालजस्तो सानो देशले समर्थन गर्नुपर्ने नेमकिपाको मत हो ।” सुवालले प्रतिनिधिसभामा नेमकिपाले देश र जनताको हितमा गर्दै आएको सेवाबारे प्रस्ट पार्नुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले आगामी ५ वर्षपछि देशको सबै क्षेत्रमा निजी क्षेत्रको लगानी ५५ प्रतिशत पु¥याउने लक्ष्य लिएकोप्रति विरोध गर्नुहु“दै निजीकरणलाई जोड दिनेहरू कम्युनिस्ट हुनै नसक्ने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “सङ्घीयताको अर्थ अधिकारको विकेन्द्रीकरण हो । स्वायत्तता र विकेन्द्रीकरणलाई राम्रोस“ग कार्यान्वयन गरिएमा नेपालमा सङ्घीयताको आवश्यकता नभएको नेमकिपाले बारम्बार उठाउ“दै आएको हो । सङ्घीयता कार्यान्वयनपछि केन्द्र र प्रदेश सरकारहरू स्थानीय तहलाई अधिकार दिन चाहिरहेका छैनन् । स्थानीय तह केन्द्रको मातहतमा बस्नुपर्छ भन्ने पुरानो सोच केन्द्र सरकारमा बस्नेहरूस“ग अद्यापि छ“दैछ । स्थानीय तह प्रजातन्त्रको जग हो । स्थानीय तह विकास नभएसम्म देशको विकासले पूर्णता पाएको हु“दैन ।” समारोहमा नेमकिपाका केन्द्रीय सदस्यहरू डिल्लीप्रसाद काफ्ले, नन्दबहादुर शाही, जग्यबहादुर शाही, बजिरसिंह विक, अनुराधा थापामगर, वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सृजना सैंजू, वैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साह, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका गुप्तबहादुर शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सविन ख्याजूलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काभ्रेको वालाम्हेन्दो सांस्कृतिक समूहको तामाङ गीत, कालीकोटको हुड्के नाच, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको गीत प्रस्तुत गरिएको थियो । महाधिवेशनको बन्द बैठक शनिबार र आइतबार हुने पार्टी स्रोतले बताएको छ ।