मनोरञ्जन

असोज ११ गते मिस भक्तपुरको छनौट

भक्तपुर, आगामी असोज ११ गते मिस भक्तपुर को बन्ने टुंगो लाग्ने भएको छ ।नेपाल ईभेण्ट म्यानेजमेण्टले पछिल्लो तीन बर्ष लगातार आयोजना गर्दै आईरहेको मिस भक्तपुर सिजन ३ को अन्तिम चरण असोज ११ गते यो बैंक्वेट घलातेमा हुने आयोजक नेपाल ईभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण कवेले पत्रकार सम्मेलन मार्फत बताउनुभयो । प्रतियोगीतामा सहभागी भएका कुल ३३ सहभागी मध्य बिभिन्न प्रतियोगीताबाट १४ जना छनौट गरी अन्तिम चरणमा प्रतिस्पर्धा गराईन लागेको अध्यक्ष कवेले बताउनुभयो ।यस अन्तर्गत क्वाटर र सेमि फाईनल राउण्ड सम्पन्न भैसकेका छन् ।

कार्यक्रममा प्रथम हुनेले स्कुटी,दोस्रोलाई ल्याबटप र तेस्रो हुनेलाई माबाईलको साथमा गिफ्ट ह्याम्पर प्रदान गरिने संस्थाका सचिब राज थापाले बताउनुभयो । बिजेता एक जना होण्डाको ब्राण्ड एम्बेस्डर हुने र अन्य दश जनालाई गिफ्ट ह्याम्पर सहित अन्य एवार्डले सम्मान गरिने आयोजकको भनाई छ ।
कार्यक्रमको टाईटल स्पोन्सर होण्डा रहने र पाओरर्ड बाई मा वेभ गु्रप र सिग्नेचर साथै ईन एसोसियसन विथ मा माछापुच्छे बैंक तथा ब्रिज वाटर कलेजले साथ दिएका छन् ।मिस भक्तपुर सिजन १ मा एलिना खड्का बिजेता भएकी थिईन् भने मिस भक्तपुर सिजन २ मा रोसिका देउजा बिजेता भएकी थिईन् ।
सहभागी मध्यबाट छनौट भएका १८ जनालाई बिभिन्न ब्यतिmत्व र क्षमता बिकासका तालिम समाजका बिभिन्न क्षेत्रका अगुवाबाट प्रदान भैरहेको नेपाल ईभेण्ट म्यानेजमेण्टलका अध्यक्ष कवेले बताउनुभयो ।

कार्यक्रम आयोजन पश्चात बचेको रकम मानव कल्याण समाजलाई सहयोग गरिने बताईएको छ ।कार्यक्रम आयोजना गर्न करिब रु १५ लाख लाग्ने बताउँदै सहभागीलाई ४५ दिन लगातार तालिम प्रदान गरिने गरेको उहाँले बताउनुभयो ।कार्यक्रमको कोरियोग्राफरमा द्धारिका अधिकारी रहनु भएको र यो प्रतियोगीता सम्पन्न गर्न सुरुदेखि अन्तिमसम्म तीन महिना लाग्ने गरेको छ ।
बिउटी विथ ब्रेनको अवधारणा अनुसार अगि बढेको प्रतियोगीता अन्तर्गत ब्राण्ड एम्बास्टर छनौट मात्र भोटिङ राउण्डमा हुने गरेको र क्षमता पैसामा नबिकोस् भनेर यस्तो गरिएको अन्य सबै राउण्ड क्षमता प्रदर्शनकै आधारमा हुने आयोजकको भनाई छ ।प्रतियोगीतामा १६ देखि २५ बर्ष उमेर समुहका एसईई उतीर्ण युवती सहभागी हुन सक्ने प्रावधान राखिएको छ ।प्रतियोगीतामा सहभागी हुन एक ब्यक्तिबाट फाराम भर्दाको शुल्क रु ५ सय र थप रु १२ हजार लिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा हनुमन्ते सफाई अभियन्ता रुद्र पौडेल ,चलचित्र निर्देक मदन घिमिरे,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,वेभ ग्रुपका नरेश रन्जित र राजु कुटु लगायतले प्रतियोगीताको सफलताको शुभकामना दिनुभयो ।

You may also like