मुम्बई । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेर उनी हाल विश्वको चौथो धनी अभिनेता बनेका छन् ।
गत वर्ष उनको आम्दानी ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । ५८ बर्षीय खानले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि कमाइका आधारमा पछाडि पारिदिएका छन् । शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् ।
यो वर्ष शाहरुखका २ फिल्म आएको थियो, पठान र जवान यी दुई फिल्मले २१ अर्ब ९६ करोड भारु कमाएका थिए ।
खानको जीवनमा कुनै समय यस्तो थियो कि गरिबीका कारण गैरकानूनी तवरले मट्टीतेल समेत बेचे । नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिरहेको बेलामा उनले कयौँ टिभी शोमा काम गरे । खानले सन् १९९२ मा दिवानाबाट बलिउड डेब्यू गरेका थिए ।
सन् २०१८ मा खानको जिरो फिल्म नराम्रोसँग फ्लप भयो । सो फिल्म फ्लप भएपछि खानले लामो समय फिल्म खेलेनन् । केही फिल्ममा क्यामियो गरेपनि अभिनेताको रूपमा भने ४ वर्षपछि पठानबाट कमब्याक गरे । यो फिल्मले १० अर्ब १५ करोड भारु कमाएर बलिउडमा कयौँ रेकर्ड तोडिदियो ।
पठान भारतको इतिहासको दोस्रो ठूलो हिन्दी फिल्म बन्यो । जो हालसम्मको सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म सावित भएको छ ।
