मनु मञ्जिल
साहित्यकार / इटहरी
सिंगापुरमा मैले एक रेस्टुरेन्ट संचालकलाई सोधेँ- ‘तपाईंहरू हामीले खाँदै गर्दा एक गिलास पानी पनि किन दिनु हुन्न ?’
‘सिंगापुर इज नट स्टुपिड’- उसले भन्यो,’ ‘हामी पानी त के, पानी पिउने भाँडो पनि दिन्नौ । तपाईं त हो नि हाम्रो आम्दानी भनेको।तपाईं सिंगापुर छिरेपछि कमसेकम एक बोत्तल पानी किन्नुहोस। त्यसपछि त्यही बोत्तलमा जहाँसुकैबाट पानी थापेर खान सक्नु हुन्छ ।’
मलाई टुर गाइडले त भन्दैथ्यो- ‘सिंगापुरमा रित्तो बोत्तल अति महत्वपूणर् छ ।’ गजबको कुरा चाहिँ के छ भने साथमा बोत्तल छ भने तपाईं ट्वाइलेट, युरिनल, बाथरूम वा जहाँसुकै हात धुने ठाउँबाट आनन्दले पानी थापेर पिउन सक्नुहुन्छ सिँगापुरमा । पानी नभएर होइन। जहाँसुकैको पानी सफा र उच्चस्तरको भएर ।
घनेन्द्र ओझा
साहित्यकार/ पत्रकार
काठमाडौं
धन्न ! केही शुभचिन्तकहरू छन् र म बिग्रिनबाट पटक-पटक जोगिन्छु !
भर्खरै पनि जोगिएँ ! जसले जोगाइदिए पनि उसलाई हार्दिक धन्यवाद । चिन्न पाए कालो कफी ख्वाउँथेँ ।
रिया भण्डारी
पत्रकार/ काठमाडौं
बालेन जत्तिको मान्छेले सिङ्गो देशै बिक्रि हुनबाट जोगाउने हैसियत बनाउदा हुन्छ ।
काठमाण्डौ त देशबेच्ने पसल न हो । अहिले सम्म जेजे बिक्रि भयो यहीँ काठमाण्डौ बाटै बिक्रि भयो । पसलै बिक्रि त किन गर्थे र । देश बिक्रि हुनबाट बचाउछु भन्न पर्यो बालेन ।
सानु ढकाल
गृहिणी, इटहरी
जिन्दगी मिठो, अमिलो, चर्को, तितो र कहिलेकाँही स्वादहिन पनि हुन्छ । यि सबै घोलेर जस्ले स्वादिलो बनाएर खान जान्यो, सम्झनुहोस् उस्ले जिन्दगी जियो ।