देश–समाज राजनीति समाचार सुरक्षा

रविमाथि मानव अधिकार हनन भएको मानवाधिकारवादीहरुको ठहर

दमक। रवि लामिछानेलाई सहकारी रकम अपचलनको छानविनका क्रममा चितवन ल्याइएका बेला मध्यरातमा अपहरण शैलीमा नमान्दा नमान्दै कास्की पु¥याएपछि उनको मानवअधिकारको पक्षबाट विवादित बनेको छ ।
सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गरेर लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति थियो । सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको विज्ञप्तिमा उल्लेख गरेका छ ।
सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।
त्यसो त मध्यरातमा पोखरा लैजाने क्रममा रवि लामिछानेले नमान्दानमान्दै, एयरपोर्टमा अप्ठ्रो परेको हो भने ४ घण्टा अगाडि गएर एयरपोर्टमा बस्न समेत तयार रहेको भनिरहेका बेलामा अमानविय तरिकाले उनलाई गाडीमै कोचेर लैजानुले मानवअधिकारवादीहरुको समेत ध्यानाकर्षण भएको छ ।
राष्ट्रिय मानव अधिकारको टोलीले कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ । शुक्रबार लामिछाने पत्नी निकिता पौडेलले लामिछानेमाथि हिरासतमा गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रिय कार्यालयमा उजुरी गरेपछि आयोगको पोखरा क्षेत्रीय कार्यालयका प्रतिनिधिले हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता र अनुगमन गरेको हो ।
आयोगको पोखरा क्षेत्रीय कार्यालयकी निर्देशक नीतु गड्तौलासहित पुगेको टोलीले लामिछानेमाथि सोधपुछ गरेर फर्किएको हो । लामिछानेसँग भेटेर बाहिरिने क्रममा गड्तौलाले आफूहरुले प्राप्त सूचना र प्रमाणका आधारमा प्रतिवेदन बनाएर केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउने बताइन् । ‘हामीले माननीय रवि लामिछानेलाई भेटेका छौँ । अनुगमनका क्रममा हिरासतमा आएका हामीले उहाँसँग हिरासतको बसाई र आफूमाथि भएका व्यवहारबारे सूचना लिएका छौँ । हामी केही बेरमै प्रतिवेदन बनाएर केन्द्रीय कार्यालयमा पठाउछौँ ।’, निर्देशक गड्तौलाले भनिन् ।
आयोगका पदाधिकारीसँगको भेटमा लामिछानेले आफूलाई अपराधीजस्तो व्यवहार गरिएको, अपमानजनक व्यवहार भएको गुनासो गरेका थिए । उनले चितवनबाट पनि आफूलाई बलजफ्ती पोखरा ल्याइएको र पोखरामा पनि प्रहरीले आफ्नो डायरी गायब बनाइदिएको आयोगलाई बताएका छन् । त्यस्तै उनले हिरासतमा भएको अमानवीय हर्कतमाथि आयोगले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
सो विषय बाहिरिए पछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि राष्टिूय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीसम्मले कास्की प्रहरी हिरासतमा पुगेर भेट गरेका छन् । सबैको ध्यान केन्द्रीत गरेको यो विषयमा सबैले मानवअधिकारको रक्षाको निम्ति खबरदारी समेत गरेका छन् ।
डा. बाबुराम भट्टराईले पनि रवि लामिछानेमाथि अन्याय भईरहेको प्रतिक्रिया दिएका छन् । डा. भट्टराईले त हिरासतमा राख्ने काम नै प्रतिशोध रहेको आफ्नो बुझाइरहेको समेत उल्लेख गरेका छन् । राज्यले उहाँप्रति प्रतिशोधपूर्ण व्यवहार गरेकै मैले बुझेको छु । अर्कोतिर सहकारी सम्बन्धी जुन समस्या छ त्यसको जरो धेरै पहिलेदेखि फैलिएको बताए ।
यसैगरी, राष्टिूय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई भेटेर आएपछि लामिछानेको मानव अधिकराको रक्षा गरियोस् भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले भनेको छन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस । कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन? प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ । कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन । यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको ठहरिने उनले बताए ।
वरिष्ठ अधिवक्ता सुशील पन्तले रास्वपा सभापति लामिछानेलाई उनको इच्छाविपरीत रातारात पोखरा लगिएको दाबी गरे । बुधवार बिहान करिब ८ बजेदेखि बेलुका करिब ९ बजेसम्म लामिछानेको बयान लिइएको उनीसँगै चितवन पुगेका रास्वपाका सहकोषाध्यक्ष बोहराले बताए । उनका अनुसार लामिछानेले बुधवार बिहानको खाजादेखि बेलुकाको खानासम्म सरकारी वकिलको कार्यालयमै खाएका थिए।
दिनभरि बयान दिएर थकित भएका लामिछानेलाई आरामको मौका पनि नदिई राति नै पोखरा पठाउँदा गर्दा थुनुवाको मानवअधिकारको हक हनन हुने अधिवक्ता पन्तको दाबी छ ।
“यो अमानवीय क्रिया यहाँको प्रहरीले ग¥यो कि प्रहरी महानिरीक्षकको निर्देशनमा भयो कि ? गृहमन्त्री स्वयं वकिल हुनुहुन्छ । उहाँको निर्देशनमा भएको हो भने राज्य कुनै व्यक्तिविरुद्ध कुन हदसम्म लाग्छ भन्ने योभन्दा अर्को उदाहरण हुन सक्दैन जिकिर उनले गरेका छन् ।

Author

You may also like