दमक÷प्रत्येक तीन वर्षमा गरिने दाहाल बन्धुहरुको कूलपुजा (दिवाली) यो वर्षको आजबाट केन्द्रीय कार्यालय दमक परिसरमा शुरु भएको छ । कार्यक्रम अनुसार मंसिर २३ गते आभ्युदायिक श्राद्ध, भोली २४ गतेबाट २६ गतेसम्म पाठ परायण तथा २७ गते हवन् गरिने छ । २८ गते बली पुजापछि पुजा समाप्त हुनेछ । प्रतिष्ठानमा रहेको अर्को कार्यक्रम अनुसार बन्धुहरुकै सहयोगबाट गौमाताको मूर्ति, कूल देवताका मुर्तिहरु स्थापना गर्नका लागि सबै मूर्तिहरु आईसकेका छन् । प्राण प्रतिष्ठा गर्नलाई माघको १७ गतेदेखि २१ गतेसम्मलाई साइत जुरेको हुँदा सोही समयमा प्राण प्रतिष्ठापछि विधिवत् उद्घाटन गरिने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा दाहालले बताएका छन् ।

Author

You may also like