दमक फार्मेसीमा औषधि अभाव, डाेरी लगाएर काेराेनाकाे सुरक्षा

२३ चैत । दमकको दमक फार्मेसीमा औषधि अभाव भएको फार्मेसी सञ्चालक ध्रुव सुवेदीले बताएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई कम गर्न सरकारले गरेको लकडाउनका कारण उपभोक्ताहरुले औषधिको जोहो गर्न थालेपछि औषधि अभाव भएको सुवेदीले बताए ।


फार्मेसीमा विराटनगर, धरान, काठमाडौंलगायतका स्थानहरुबाट आउने डाक्टरहरु पनि आउन छोडेको उनले बताए । कोरोना संक्रमणको जोखिम कम गर्न सुवेदीले फार्मेसी अगाडी १ मिटरको दुरीमा डोरीले घेरेका छन् भने विरामीहरु पातलो मात्रामा आउनेगरेको सुवेदी बताउँछन् ।

Leave a Reply

Your email address will not be published.