देश–समाज स्वास्थ्य

गाैरादहमा हातधुने साबुन छैन !

झगेन्द्र खड्का

गौरादह/गौरादह नगरपालिका वडा नं -२ भित्रका मुख्य चौकहरुमा हात धुने साबुन पानीकाे ब्यबस्थापन गरिएकाे छैन।

स्थानीय सरकारकाे प्रतिनिधित्व गरेकाे वडा नं २ का जनप्रतिनिधिहरुले हाल सम्म पनि वडावासिहरु सितल छहारिमा बस्न र यात्रीहरु आराम गर्न बस्ने चौकहरुमा साबुन पानी राखेका छैनन्।काेराेना भाइरसकाे संक्रमणकाे त्रास बढ्दै जाँदा त्यसबाट बच्न स्थानीय सरकारले नगरपालिका भित्रका मुख्य चौकहरुमा धार सहितकाे ड्रम र साबुन राख्न भनेपनि वडा नं -२ भित्रका मुख्य चौकमा राखिएकाे छैन।

काेराेना भाइरसबाट बिस्वभर आतंकित भइरहेको समयमा नेपाल सरकारले सबै नेपालीहरुलाई सुरक्षीतहुन साबुनपानीले हात धुन,सेनेटाइजर लगाउन, मुखमा माक्स लगाउन,कम्तीमा ३ फिट पर बसेर कुरा गर्न र भिडभाडमा नजान सुचना मार्फत जानकारी गराएकाे थियाे।काेराेना भाइरसबाट सुरक्षित हुन ब्यक्ति आफैं सचेत हुनु पर्ने संचार माध्यमबाट सुचना प्रवाह भइरहेको समयमा नगरबासिलाई वचन स्थानीय सरकारले सबै वडालाई साबुन बितरण गरेकाे थियाे।

गौरादह नगरपालिका भित्रका अन्य वडा कार्यलयहरुले माइकिङ गरि प्रचारप्रसार गर्दै पर्चा पम्प्लेट बितरण गरि वडाबासिहरुलाई सचेत रहन जानकारी गराएका थिए। माइकिङबाट प्रचारप्रसार गर्दै जनप्रतिनिधि र स्वास्थ्यकाे टाेलिले वडाभित्रका मुख्य चौकहरुमा धारा सहितकाे ड्रम राखि पानी भर्न लगाएर भिडभाड नगरीकन पालैपालो हात धुने तरिका सिकाएका थिए।

वडा नं -२ ले भने नगरपालिकाले प्रचारप्रसारमा पठाएको गडिकै भरमा बसेकाे छ।नगरपालिकाले वडा नं -२ का लागि ५ कार्टुन लाईफबाेई साबन पठाएको थियाे।नगरपालिकाले वडा नं २ बासिकालागि पठाएको साबुन वडा भित्र रहेका गरिब, बिपन्न र सुकुम्बासी बस्तीमा घर आँगनमा पुगेर बितरण गरेका छन।मानिसहरु हिनडुल गर्दा आराम गर्ने वा काम गरेर थाकेकाे समयमा विश्राम गर्ने वडा नं -२ का हाँसखाेरा, दहलु,मादल डाँगा लगायतका चौकहरुमा साबुन पनि राखिएको छैन।

वडा नं -२ भित्रका हाँसखाेरा र दहलु सहित ५ वटा मुख्य चौकमा फ्रि वाईफाई राखिएको थियाे।केटाकेटी देखि युवा युवती सम्म ईन्टरनेट चलाउन बिहान बेलुका चौकमा आउने गर्दथिए।चौकमा आउने ब्यक्तिहरुका लागि हात धुने साबुन पानी राख्नमा भने वडाकार्यलयले हेलिचेक्राई गरेकाे छ। काेराेना भाइरसकाे संक्रमण त्रास बढेपछि भिडभाड नगर्न भनिएपछी केहिदिन अगाडि वाइफाई बन्द गरिएकाे छ।

लकडाउन भइसकेपछि सबै नागरिकहरुलाई घरैमा बस्न नेपाल सरकारले निर्देशन दिएपछि चौकमा हात धुने साबुन पानी नराखिएकाे वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्की बताउछन।लकडाउन पछि नागरिकहरु घरभित्रै बस्ने भएकाले चौकमा धारापानी र साबुनकाे आवस्यकता नभएको नगर कार्यपालिकाले पछिल्लो पटक निर्णय गरेकाले साबुन पानिकाे ब्यबस्थापन नगरेकाे वडाध्यक्ष कार्कीको भनाई छ।

Author

You may also like