आज म बेलायती लेखिका जेन अष्टिनले २१० बर्ष अघि लेखेको उपन्यासमा घोत्लिन पुगें ।
अचम्म पनि अचम्मै !
साँच्चि नै, २१० बर्षमा रतुवा खोलामा कति पानी बग्यो होला ?
तर बगेको देखिएन । एक थोपो पनि । समयका रेशाहरु, चापहरु, रंगहरु उस्तै देखिरहेको छु ।
त्यो उपन्यास यसरी बग्छ —
दश बर्षकी एउटी सुन्दर तर चरम गरिवीले उछिट्याएर म्यानस्फिल्ड पार्कमा पुर्याइएकी बालिका फेनी प्रिस आफन्त पर्ने सर थोमस ब्रेट्रामको घरमा बस्छे । तर बिस्तारै ती घरका सबै पात्रहरुले फेनीलाई दुब्र्यावहार गर्न थाल्छन् । जब फेनी १६ बर्षकी हुन्छे, टोमस एन्टिगुवा जान्छ, म्यान्सफिल्ड पार्क दुर्गन्धित बन्न थाल्छ । त्यस ठाउँको गरिमा स्खलित हुन थाल्छ । परिवार अराजक बन्न थाल्छन् ।
अनि टोमासका आफन्तहरुको जमघट मात्रै हुँदैन म्यान्सफिल्ड पार्कमा, तिन्हरु नयाँ नयाँ संबन्धहरु पनि बनाउन थाल्छन् । तिनीहरुका ईश्र्या, स्वार्थ, प्रेम सम्बधहरु, संघर्ष र षडयन्त्रहरुका आयामहरु पढिसकेकी थिइ फेनीले ।
उसलाई आश्चार्य लाग्थ्यो, कति बेइमान बन्न सकेका मान्छेहरु ?
सर थोमसको छोरो टोमले प्रेमीका प्रतिज्ञाहरु शीर्षकको नाटक देखाउन खोज्छ, तर थोमस फर्केर आएपछि त्यो नाटक देखाउन प्रतिबन्ध लगाउँछन् । सबै तितरबितर हुन्छन् । बल नृत्यमा फेनीसंग हेनरी नाच्न चाहन्छ । चाच्छ पनि । अनि बिहेको प्रस्ताव पनि राख्छ फेनीको घरमै गएर, तर फेनीले हेनरीको अतितमा महिलाहरुसंगको (मरियासंगको) संबन्धका कारणले अस्वीकार गर्छे । तर हेनरीका कतिपय गुणहरुको प्रशंसा गरिरहन्छे ।
पछि फेनीले हेनरी र मरियाको संबन्ध पत्रीकामा पढ्छे । उता थोमसको छोरो टोम पनि मर्छ । फेनी दानुसंग म्यान्सफिल्ड पार्क फर्किन्छे । थोमसले पेनीको हेनरीलाई अस्वीकार गरेको सही लाग्छ र फेनी उसकी साँचचैकी असल छोरी भएको महसुस गर्छ । हेनरीको बेस्याबृत्ति सबैलाई थाहा हुन्छ । उसको परिवार सखाप हुन्छ । ऊ पुनः म्यान्सफिल्ड पार्क फर्किएर फेनीलाई प्रेम गर्न सुरु गर्छ । म्यान्सफिल्ड पार्क छोडेर जानेहरु पनि अतितका कुकृत्यहरुलाई सम्झिएर पछुताए । पछि म्यान्सफिल्ड पार्क एउटा आदर्श ठाउँ बन्यो । नैतिकवान ठाउँ बन्यो । प्रेमील ठाउँ बन्यो । ब्यभिचारी गर्नेहरु कि त अस्ताए, कि त सुध्रिएर आए । स्वार्थ र लुछाचुँडीमा रमाउनेहरु पनि आप्mना सबै विरासतहरु भत्किएर टाठ पल्टिए । अतितका सबै कुकृत्यहरु पर्दामा देखिँदै गए । ती व्यभिचारीहरुको जन्म ती सर थोमस नभएको मौकामा भयो । जब उनी फर्केर आए, ती सबै अस्ताउन बाध्य भए ।
म अहिले समयलाई यही उपन्यासको रेखामा उभिएर हेरिरहेको छु ।
मेरो देश, मेरो समय र त्यो म्यान्सफिल्ड पार्क एउटै लागिरहेको छ । सर थोमस जस्ता अशल मान्छेले थामेको विरासत एकछिन उसको अनुपस्थितिमा कसरी अराजकताको शिकार भइरहेको छ ? स्वच्छन्दताले घर गरेर इतिहासका सम्पत्तिहरु सबै निर्दयी समयको भुङ्ग्रोमा डढेर खाग भए ।
घरमूलीले, अर्थात गाउँको भद्रभलादमी मान्छेले घर छोडेर केही समय बाहिर जाँदा कसरी घर र पूरै समाज कलंकीत हुने रहेछ ? सर थोमस बाहिर केही समय जाँदा कसरी घर पनि बिग्रियो, समाज पनि बिग्रियो ?
अभिभावक घरको मात्रै हुन्न रहेछ, गाउँको पनि र देशको पनि हुने रहेछ । सर थोमस जस्तै । थोमसले बिग्रिएको अवस्थालाई सोभ्mयाए । कतै कोदालीले खनेर, कतै प्mयाउरीले तानेर, कतै दाँदेले तानेर नमिलेका पाटाहरु मिलाए ।
हामीकहाँ मिलाउँदै छन् कि झन ठूला ठूला खाल्डाहरु बनाइरहेका छन् ?
यसको उत्तर भनिरहनु पर्दैन ।
अनि हामीकहाँ यसरी नमिलेका पाटाहरु मिलाउने को आउला?
अभिभावकका पनि गल्ती हुन सक्छन्, तर ती जरुर सच्चिन्छन् । सर थोमस जस्तै । उनले पनि फेनीलाई सुरुमा बुभ्mन सकेनन् । तर पछि बुझेर नै फेनीलाई छोरी भनेर स्विकारे । तर हाम्रो देश बनाउने ठेक्का पाएकाहरु, कथित अभिभावक भनिएकाहरु गल्ती स्विकार्न कुनै हालतमा तयार छैनन् ।
जति दुख पाए पनि क्षणिक स्वार्थमा बिक्नु हुँदैन । फेनी जस्तै । चरम गरिवीले, अनि चरम दुब्र्यावहारले पनि उसलाई बिचलित बनाउन सकेन । आखिरी अन्त्यमा उसैको जीत भयो । दुख पाउनेहरु कि त जेलमा छन्, कि त सबै कुरा सहन गरेर बसेका छन् एक्लै मुर्मुरिँदै । केही समयको लागि कोही मान्छे अनुपस्थित भयो भनेर उक्त अनुपस्थितिको फाइदा लिनेहरुको श्रीपेच लगाएको छ यो समयले ।
जति लुकाए पनि सत्य बाहिरिएरै छाड्छ । सत्य लुकाउन सफल हुन्जेल मज्जा लुट्ने हो समयको । त्यो सत्यलाई बाकसमा राख्न सफल हुञ्जेल मस्ती गर्ने हो । त्यो बाकसमा कैद गरिएका सत्यहरु बहिर निस्किँदा सर्प, बिच्छि र अरिङ्गाल बनेर निस्किन्छन् । पाण्डोराको बाकस हो सत्य भन्ने कुरा । ग्रीसेली पूराणमा आउँछ पाण्डोराको बाकसको कथा । एउटा सुन्दर बाकस मनुष्यलाई नखोल्नु भनेर छेउमा राखिदिन्छ ईश्वरको दूतले । त्या सुन्दर बाकस पाण्डोरा नामकी केटीले खोलेरै छाड्छे । खोल्ने बित्तिकै भित्रबाट बिषालु सर्प, बिच्छी, अरिंगाल निस्केर उसैलाई आक्रमण गर्न थाल्छन् ।
सुन्दर झुटोकुराभित्र लुकेको भयाभह यथार्थ । भित्र राखुञ्जेल टिलिक्क टल्किएको सुन्दर बाकस । तर त्यसभित्र रुपान्तरण भएका बिषालु प्राणीहरु बाकस उघ्रिएका दिन तिनैलाई पहिला सिध्याएर अनि अरुलाई सिध्याउन थाल्नेछन् ।
यो समयको त्यो झुटको सुन्दर गणतन्त्र नाम गरेको बाकस बोकेर लुरुलुरु हिंडिरहेको म्यान्सफिल्ड पार्क हो यो देश । सर थोमस हिंडेपछि आएको यो बाकस सर थोमस नआउञ्जेललाई होला । सर थोमस आएपछि यी सबै उटपट्यांगहरु बन्द हुनेछन् । झुटको खेती बन्द हुने छ । पाप र धर्मको सीमा बुभ्mनेछन् मान्छेले । ब्यभिचारीहरु नश भएर जानेछन् । जातपातका संकिर्ण पर्खालहरु भत्किनेछन् । भ्रष्टाचारका महाभारतहरु बिलिन हुनेछन् । आप्mनै धरती म्यान्सफिल्ड पार्कलाई दुत्कारेर सानो प्लटमा रमाउनेहरु म्यान्सफिल्ड पार्कलाई प्रेम गर्नेछन् । तयसको रक्षाको लागि सबै एक हुनेछन् । कसैले कसैलाई गाली गलौज गर्ने छैन । अनावश्यक थुन्ने छैन । अनावश्यक मुद्धा लगाएर दुख दिने छैन । ‘झुण्ड झुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ देखाएर साना साना समूह बनाएर एकले अर्कालाई खुइल्याउने काम गर्ने छैन । अर्काको ऋण ल्याएर बाँडिचुँडी खाएर गाउँलाई टाठ पाल्टाने छैनन् । म्यान्सफिल्ड पार्कको इतिहास, परम्परा, धर्म र संस्कृतिको विरासतलाई ध्वस्त पार्ने छैनन् । अर्काको सिको गरेर आपैm ‘फेद न टुप्पो’ भएर उपहासको पात्र बनने छैनन् । पार्कको साधन र श्रोतको दोहन गर्ने छैनन् । यी सबै कुरा सर थोमस फर्किएर आएपछि सम्भव भएको थियो म्यान्सफिल्ड पार्कमा । सर थोमसलाई कतै देख्नु भएको छ ? यता हाम्रो नेपाल नामको पार्कतिर पनि ल्याउन मिल्छ कि मिल्दैन सर थोमसलाई ?