समाचार

राहत काेषमा मेची सहकारीकाे २ लाख सहयाेग

२३ चैत्र ।  दमकमा मुख्य कार्यालय रहेकाे मेची सहकारी विभिन्न नगरपालिका तथा गाउँपालिकाकालाइ २ लाख राहत रकम प्रदान गरेकाे छ ।

संस्थाकाे कार्यक्षेत्र भित्र रहेका नगरपालिका तथा गाँउपालिकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा लकडाउनले समस्यामा परेकाहरुलाइ राहत प्रदान गर्न बनाईएको राहतकोषमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराइले २ लाख प्रदान गरेका हुन् ।

दमक नगरपालिकाको राहतकोषमा १ लाख, उर्लाबारी नगरपालिका र कमल गाँउपालिकाको राहत कोषमा ५० हजारको दरले १ लाख रुपिया गरेर २ लाख प्रदान गरेको सहकारी संस्थाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिएकाछन् ।

Author

You may also like