झगेन्द्र खड्का
गौरादह /शुभ लक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहले यश क्षेत्रमा रहेका ५ वटा पालिकाहरुलाई आर्थिक सहयाेग गरेकाे छ।
संस्थाले माँवा खाेला पुर्ब र माई खाेला पश्चिम रहेका ५ वटा पालिकालाई नगद १ लाख ५० हजार आर्थिक सहयाेग गरेकाे छ।
संस्थाले गौरादह नगरपालिका सहित दमक, शिबसताक्षी,कमल र गौरीगंजलाई नगद सहयाेग गरेकाे हाे।
संस्थाले काेराेना भाइरस नियन्त्रणमा सहयाेग गर्न आर्थिक सहयाेग गरेकाे जनाइएको छ।संस्थाले काेराेना भाइरसकाे संक्रमण फैलन नदिन कमल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु २० हजार नगद प्रदान गरेको छ ।
शुभ लक्ष्मी सहकारी संस्थाका सञ्चालक समिति कोषाध्यक्ष बिरेन्द्र बस्नेत र सदस्य डिल्ली प्रसाद रिजालले कमल गाउँपालिकाका उपाध्यक्ष बेणु प्रसाद शिवाकोटीलाई शनिबार हस्तान्तरण गरेका हुन्।
बिगत बर्षहरुमा संस्थाले स्थापना दिवसका अबसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने ब्यक्तिहरुलाई सम्मान तथा विभिन्न क्षेत्रमा सहयाेग गर्दै आएकाेमा यश बर्ष पालिकालाई काेराेना भाइरस नियन्त्रणका लागि सहयाेग गरेकाे संस्थाका अध्यक्ष प्रकाश कार्कीले जानकारी गराए।
संस्थाकाे २१ औँ सहकारी दिवशको अवसरमा कोरोनाबाट प्रभावित नागरिकहरुलाई राहत दिने उदेश्यले सहयाेग स्वरुप नगद रकम प्रदान गरिएको काेषाध्यक्ष बस्नेतले बताए।काेराेना भाइरसकाे महामारी बिस्वभर फैलिरहँदा संस्थाले माँवा खाेला पूर्व र माईखाेला पश्चिममा रहेका ५वडा पालिकाहरुलाई आर्थिक सहयाेग गरेकाे संस्थाका ब्यबस्थापक तिलक कार्कीले जानकारी गराए।
संस्थाले गौरादह नगरपालिकालाई रु ७० हजार, कमल गाउँपालिकालाई रु २० हजार,दमक नगरपालिकालाई रु २० हजार,शिवसताक्षी नगरपालिकालाई रु २० हजार र गौरीगञ्ज गाउँपालिकालाई रु २० हजार,गरी जम्मा रु १ लाख ५० हजार आर्थिक सहयाेग प्रदान गरिएको शुभ लक्ष्मी सहकारी संस्थाका अध्यक्ष कार्कीले जानकारी गराए।