दमक। झापाको दमकबाट ३९ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरि कोशी अस्पताल पठाइएको छ ।
३९ जनाको पिसीआर परीक्षणका लागि हिजो स्वाव पठाइएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिनुभयो । वहाँका अनुसार अन्य ५ जनाको आरडिटी परीक्षणका लागि पठाइएको छ ।
उनीहरु दमकका क्वारेन्टाइनमा रहेका भारतबाट आएका नागरीक तथा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर खटिएका कर्मचारीहरु हुन् । सोको नतिजा पर्सी आउने वहाँले जानकारी दिनु भयो ।