चैत्र-२४ गते । झापा मेचिनगर-११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानिमा डुबेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानि जमाउन बनाएको रिङमा लड्दा सोहि रिङमा डुबेर तारादेबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ