बर्दिया, बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बासगढी नगरपालिका–२ राँझाकी ४२ वर्षीया गंगा सलामी मगर रहेकी छिन् ।
बुधबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको स्वर्गद्वारी सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघले आक्रामण गर्दा हात र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।