देश–समाज

काभ्रेमा पहिरोले पसल पुरिदा एक बालकको मृत्यु

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पहिरोले पुरिंदा एक बालकको मृत्यु भएको छ। मंगलबार परेको अविरल वर्षाका कारण बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो।

बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको र बालक पसलभित्रै रहेको बताइएको छ । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको प्रहरीले जानकारी दिएको छ । तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो।

You may also like