देश–समाज

अफगानिस्तानमा आत्मघाती विस्फोटमा परि ४८ जनाको मृत्यु

एजेन्सी, अफगानिस्तानका दुई शरहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । आक्रमणमा घाइते हुनेको संख्या ४० रहेको अधिकारीले जनाएका छन् ।

दुई मध्य एउटा आक्रमण मंगलबार राष्ट्रपति अशरफ घानीको ¥यालीमै भएको थियो । आक्रमणबाट घानीलाई कुनै चोटपटक नलागेको र उनी सुरक्षित भएको खबर छ । घानीका चुनावी अभियानका प्रवक्ताले पनि यसको पुष्टि गरेका छन् । घानीले परवान प्रदेशको राजधानी चारिकारमा सम्बोधन गर्ने कार्यक्रम थियो ।

त्यस्तै चारिकारमा विस्फोट भएको एक घण्टापछि दोस्रो विस्फोट भएको थियो । आक्रमण रक्षा मन्त्रालय, अमेरिकी दुतावास र नाटोको मुख्यालय रहेको काबुलको ग्रिन जोन क्षेत्रमा भएको थियो । राजधानीमा भएको उक्त विस्फोटको जिम्मा पनि तालिवानले लिएको छ र यो पनि आत्मघाती विस्फोटनै भएको उसले दावी गरेको छ ।

काबुलको विस्फोटमा २२ मारिएको र ३८ घाइते भएको गृहमन्त्रालयका प्रवक्ताले जानकारी दिए । तालिवानले सेप्टेम्बर २८ को मतदानलाई अवरोध गर्नको लागि अफगान सरकार र विदेशी फौजविरुद्धको आक्रमणलाई थप वृद्धि गर्ने चेतावनी दिएको छ ।

मंगलबार एक जना तालिवानी प्रवक्ताले आफूहरु इरानी अधिकारीसँग वार्तामा रहेको पुष्टि गरेका छन् । इरानको विदेश मन्त्रालयले पनि यसको पुष्टि गरेको छ ।

Author

You may also like