स्वास्थ्य

मनतातो पानी पिउनुको फाईदा

भक्तपुर , मनतातो पानीले शरीरलाई निकै फाइदा पुग्छ । तर, धेरै तातो र धेरै चीसो पानी स्वाथ्यका लागि राम्रो होइन । पानी जीवन भएकाले यसको विशेष महत्व छ ।

जाडो याममा शरीरबाट पसिना कम निस्किने भएकाले पानी थोरै पिइन्छ । जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ । यस्तोमा मन तातो पानी पिउने बानी बसाले बढी मात्रामा पानी पिइन्छ । पानी पिउन अल्छी मान्नेहरु नभएका होइनन् । यसले शरीरमा पानीको मात्रा कम भई रोगको समस्या बढाउनसक्छ । त्यसैले जोडोमा मन तातो पानी पउने वेश हुन्छ । पानीका फाइदा यस्ता छन्ः

 

१ ) थकान महसुस भएको छ भने मनतातो पानीले नुहाउँदा थकान हट्छ ।
२ ) छालासम्बन्धी समस्या भएका व्यक्तिले मनतातो पानीले नुहाउनु उपयुक्त हुन्छ ।
३ ) मनतातो पानीमा अलिकति गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ । साथै, जीउ दुखेको पनि सञ्चो हुन्छ
४) मनतातो पानी खानाले शरीरमा रक्तसञ्चार सन्तुलित रहन्छ ।
५) मनतातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउने गर्नाले रोगप्रतिरोधी क्षमता बढ्छ ।
६ ) बिहान उठेर मनतातो पानी पिउनाले दिसा खलास हुन्छ, जसले गर्दा कब्जियतको समस्या रहन पाउँदैन ।
७ ) तातो पानी खानाले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
८ ) मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोग लाग्ने जोखिम कम हुन्छ ।
९ ) श्वासप्रश्वास र किड्नीसम्बन्धी समस्या भएकाहरूले चिसो पानीको सट्टा मनतातो पानी पिउने गर्नुपर्छ ।
१० ) यस्तो समस्या भएकाहरूले चिसो पानी खाएमा किड्नी र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ ।
चिसो मौसममा मनतातो पानी पिउने गरेमा
११ ) रुघा,खोकीलगायत समस्याबाट छुटकारा पाइन्छ ।

You may also like