वीरगञ्ज – वीरगञ्जमा खुला रुपमा माछा मासु बिक्री गर्न अदालतले रोक लगाएको छ । वीरगञ्ज महानगरपालिकाभित्र सार्वजनिक बाटोघाटो या खुल्ला रुपमा मासु माछा बिक्री बितरणमा रोक लगाइएको हो ।
वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वाणिज्य कार्यालय वीरगञ्ज र माछा मासु व्यवसायी संघ पर्सा वीरगञ्जविरुद्ध दर्ता भएको मुदाको सुनुवाई गर्दै जिल्ला अदालतले शुक्रबार महानगरभित्र खुल्ला रुपमा मासु माछाको बिक्री बितरणमा रोक लगाउन आदेश दिएको हो ।