भारतमा सवारी दुर्घटना , १३ को ज्यान गयो

जोधपुर । भारतको राजस्थान राज्यमा शुक्रबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जोधपुर—जैसाल्मेर राजमार्ग अन्तर्गतको सडक खण्डमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये सात जना पुरुष, पाँच जना महिला र एक जना बच्चा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि जोधपुर ल्याइएको छ । जोधपुर जिल्लाको धाधानीया गाउँमा बस र जिप ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थाहा पाउने वित्तिकै बालेसार प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published.