वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् ।

दुई वर्षे कार्यकालका लागि मंगलबार भएको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलले जीत हासिल गरेको हो।

अध्यक्षमा गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरेका हुन्।

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ कमल तामाङ विजयी भएका छन्। त्यस्तै, लिंक प्रालिका सञ्चालक कमल देव मल्ल द्धितीय उपाध्यक्षमा ३ सय २२ मत, किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३ सय ६० मतसहित विजयी भए।

महासचिवमा सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे। सचिवमा मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा इन्दिरा गुरुङले ३ सय ६७ मत ल्याई विजयी भए।

संघको सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, छविलाल भट्टराई र लक्ष्मण पौडेल निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published.