स्वास्थ्य

बेथे सागको फाइदा

बेथेको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रयाको भान्सामा पाक्ने तरकाली हो । बेथे दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ ।

तौल घटाउन मद्दत गर्छ : प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटिन हुन्छ जो तौल घटाउन सहयोगी मानिन्छ ।

रक्तचाप कम गर्छः अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः औषधिका रुपमा बेथेको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा झोलको रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथामः बेथेमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजताः बेथेमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल(दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका बिरामीलाई दिइन्छ ।

पिसाबमा जलनः पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।
पत्थरी निको पार्छ ः पत्थरी भएको छ भने बेथेको साग नियमित सेवन गर्दा पत्थरी गल्छ ।

रक्त बवासीरः रक्त बवासीर वा पिशावमा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर सर्बत बनाएर लगातार पिएमा ठिक हुन्छ ।

पिलो र डण्डिफोर : पिलो र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः  यदि कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो खानामा समावेश गरे यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Author

You may also like