कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

पशुपति कीर्तन मण्डलीको साधारणसभाबाट नेतृत्वमा पुनः डोयना

पंकज दाहाल

दमक/झापाको दमक–८ स्थित पशुपति कीर्तन मण्डलीले वरिष्ठ ज्येष्ठ अभिभावक, अक्षयकोषदाता तथा जेहेन्दार विद्यार्थीलाई सम्मान र पुरस्कार दिँदै संस्थाको १० औँ वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न गरेको छ । शनिबार स्थानीय मित्रता व्याडमिन्टन कोर्टको हलमा आयोजित साधारण सभामा ४ जना वरिष्ठ ज्येष्ठ अभिभावक, ७ जना अक्षयकोषदाता र ६ जना विद्यार्थी सम्मानित एवं पुरस्कृत भएका हुन् ।
ज्येष्ठ अभिभावक र अक्षयकोषदातालाई अविर टीकासहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा र विशेष अतिथि दमक–८ का वडाध्यक्ष धर्मप्रसाद (दीपेश) दाहालले सम्मान पत्र प्रदान गरे । यसरी सम्मानित हुनेहरुमा कीर्तन मण्डलीका ज्येष्ठ अभिभावक सदस्य कर्णबहादुर भट्टराई, डिल्लीप्रसाद न्यौपाने, प्रह्लादकुमार पौडेल र यसबहादुर निरौला तथा अक्षयकोषदाताहरुमा टेकनाथ÷गोमादेवी भण्डारी, लीलादेवी सुवेदी, प्रह्लाद÷ रुपाकुमारी पौडेल, सावित्रा काफ्ले अधिकारी, मञ्जु काफ्ले धिताल, कुसुम काफ्ले गुरागाई र काँया अधिकारी रहेका छन् । अक्षयकोषमा उल्लेख्य रकम प्रदान गरेर योगदान पु¥याएको भन्दै अक्षयकोष दातालाई सम्मान गरिएको हो ।
अर्कातर्फ लोकनाथ–केशकुमारी दाहाल सेवा स्मृति कोषबाट जेहेन्दार तथा अनुशासित विद्यार्थीहरु पशुपति संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का मिकसन राई र कृतिका पोद्दारलाई जनही ७ हजार ५०५ नगद सहित पुरस्कृत र सम्मानित गरियो । उनीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । त्यसैगरी पशुपति संस्कृत मा.वि.कै कक्षा ५ का अल्विन लिम्बू र कक्षा ६ की अंशु गुप्ता तथा अर्को स्थानीय जनता आधारभूत विद्यालयको कक्षा ८ की ज्योति चम्लागाई र कक्षा ६ का सबिन धामीलाई भने जनही किताब बोक्ने झोला (व्याग), १ दर्जन कापी र डटपेन दिएर सो कोषअन्तर्गत शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरियो । यी पुरस्कारहरु कोषका अध्यक्ष विश्वनाथ दाहाल र विशेष अतिथि वडाध्यक्ष दाहालले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वर्षभरिको नियमित कीर्तनमा ज्ञान मञ्च प्रतियोगितामा उत्कृष्ट र सबैभन्दा धेरै उपस्थिति जनाउनेलाई पनि अविर टीका र खादाले सम्मान गरिएको थियो । साधारण सभामा पशुपति कीर्तन मण्डली तथा सो कार्यक्रमकी अध्यक्ष डोयना दाहालले तयार पारेको संस्थाको वार्षिक प्रतिवेदन कोषाध्यक्ष प्रेमप्रसाद निरौला र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा संयोजक लीलानाथ आचार्यले प्रस्तुत गरेकोमा आवश्यक छलफल सहित बन्द सत्रमा पारित गरिएको थियो । प्रस्तुत प्रतिवेदनअनुसार कीर्तन मण्डलीको अक्षयकोषमा गत आर्थिक वर्ष सम्मको हिसाब अनुसार २१ लाख ७ हजार ७४५ र बैंकको मुद्दति खातामा २४ लाख ५० हजार राशी जम्मा रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि दमक नगरप्रमुख थापाले नेपालीहरुको धर्म, संस्कृति र संस्कारलाई जगेर्ना गर्न साथै सामाजिक सेवाको काममा पशुपति कीर्तन मण्डलीको समाज सेवा, सक्रियता र पहल अब्बल साथै उदाहरणीय रहेको बताए । विशेष अतिथि वडाध्यक्ष दाहालले यस कीर्तन मण्डलीको आर्थिक हिसाब किताब हेर्दा सम्पन्न र समृद्ध रहेको आफूलाई लागेको बताउँदै नेपालीहरुको धर्म संस्कृतिलाई जगेर्ना पु¥याएको योगदानका लागि संस्थाको नेतृत्वलाई विशेष धन्यवाद दिए । कीर्तन मण्डलीलाई वडाले पनि सकेको सहयोग र संरक्षण गर्ने उनको धारणा थियो । त्यससँगै कार्यक्रममा पशुपति संस्कृत मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लुइँटेलले पनि सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत गरेर उनीहरुलाई मेहेनतका साथ अध्ययन र भविष्य बनाउन प्रेरणा दिएकोमा मुरी मुरी धन्यवाद दिए ।
साधारण सभामा जनता आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ता राई र प्रधानाध्यापक केदार सुवेदी, ज्येष्ठ आवाज अनलाइन पत्रिकाका प्रधान सम्पादक पंकज दाहाल र पत्रकार मनकुमार गदालको आतिथ्यता रहेको थियो । कीर्तन मण्डलीकी उपाध्यक्ष होमादेवी खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सीता पाठक दुलालले गरेकी थिइन् ।
डोयना नै अध्यक्षमा
पशुपति कीर्तन मण्डलीको साधारण सभाले समितिमा केही फेरबदल गरेपनि अध्यक्षमा भने पुनः डोयना दाहाललाई नै सर्वसम्मत चयन गर्दै १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा होमादेवी खनाल, सचिवमा प्रेमप्रसाद निरौला, सह–सचिवमा सुशीलकुमार निरौला, कोषाध्यक्षमा राजकुमार भट्टराईलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै सदस्यहरुमा भने विष्णु भट्टराई, दुर्गा ढुंगाना, निर्मल खड्का, हरिप्रसाद खतिवडा, सुमित्रा पौडेल, सूर्यकुमारी भट्टराई, अम्बिका पाठक र अञ्जना खरेल चयन भएको अध्यक्ष डोेयना दाहालले जानकारी गराइन् ।

Author

You may also like