उखान टुक्का सुन्दा सामान्य लागे पनि तिनको आयाम अकल्पनीय हुन्छ । यो लोकसाहित्यको एक अमूल्य नीधि हो । यो काव्यस्तरको सूत्रात्मक अभिव्यञ्जना हो जुन लोकअनुभवबाट खारिएर आएको हुन्छ । यो सारगर्वित कथन भएको भाषिक लोकसम्पदा हो । यो तथ्य, प्रमाण, विचार र तर्कको उपज हो । यसमा लोकसमु दायको विचार, आदर्श र भावना मुखरित भएको हो । यो सर्वकालिक सम्पत्ति हो समुदायको । यो सरल, संक्षिप्त र जीवन्त हुन्छ । तर यसको रचनाकार अज्ञात हुन्छन् । तर चती मीठा उखान टुक्काले गहिरो सन्देश र मीठो धून छोडेका हुन्छन् । भनाइलाई, कथनलाई जीवन्त र प्रभावकारी बनाउन उखान टुक्काको पयोग गरिन्छ । किनभने यी ज्ञानका भण्डार हुन् । यी संक्षिप्त र सरल हुन्छन् । यिनमा सावैभौमिकता र सबैकालिकता हुन्छ । जीवन्तता र लोकप्रियता हुन्छ । सन्दर्भपरक र रूपपरक हुन्छ ।
जस्तै,
किन चाउरिस मरिच आप्mनै पिराले ।
मुख छ कि मुलुक छ ।
अछेतापाती धामीलाई, बिरामजति हामीलाई ।
देखौंला नि पाँडेको दीर्घायु ।
इत्यादि ।
आज म मेरी हजुरआमाले संधैजसो मलाई भन्ने गरेका उखान हुन् यी माथिका । ती अहिले पनि सम्झनामा आइरहन्छन् । अनि म ती उखानहरूलाई आजको समयको क्यानभासमा राखेर हेर्दैछु । आजको समयको रंगमा हेर्दैछु । आजको परिवेशमा अन्तरघुलन गरेर हेर्दैछु ।
‘किन चाउरिस मरिच आप्mनै पिराले’ भनेर आप्mनै हातले आप्mनै लाश उठाउन बाध्य दम्भीहरूको जमातलाई संकेत गरिएको रहेछ । दुई पटक दुई तिहाइको सरकारको नेतृत्व गरेर पनि फेदैमा पुग्न बाध्य पारिएका केपी शर्मा ओली हुन वा पाँच पटक प्रधानमन्त्री बनेर सात पु¥याउन तम्सेका शेर बहादुर देउवा हुन वा धेरै बोलेर पीठो पनि सुनको भाउमा केही समय भए पनि बेच्न सफल पुस्पकमल दाहाल हुन् वा गाली शिरोमणि बाबुराम भट्टराई हुन वा जहिल्यै पनि शक्तिमा बस्न चाहने माकुने नै किन हुन, अहिले उहाँहरू घरघर गएर भुईंमान्छेहरूको गाली खाइरहनुपरेको छ । व्यंग्य सुनिरहनु परेको छ । अपमान हेरिरहनु परेको छ । आपैmले निर्माण गरेका गौरवपूर्ण इतिहासका पानाहरू बल्र्याङ्गै ढलेको, मरणासन्न भएको, अनि नग्न भएर आप्mनै वरिपरि फनफनी घुमेको देखिरहनु परेको छ । आप्mनै इतिहासले फनक्क फर्किएर छातिमाथि माटाको चपरी हाल्दा पनि स्वास फेर्नु परेको छ । अनि आप्mनै विरासतहरूले आपैmलाई धूलोमा लडाउँदा यो उमेरमा पनि आप्mनै बूताले धूलो टक्टक्याउँदै उठ्नु परेको छ ।
आखिरि यी सबै परिवेश किन आयो त ? उहाँहरू पिरो भएर हो कि, गुलियो भएर हो ? उहाँहरूलाई यो उखान पनि थाहा थियो होला (‘हरामके आगे, भूत भागे’ । तर भूत भागेन । आपैm भाग्नु प¥यो । भूतले सुनेन, आपैmले सुन्नु प¥यो । भूत चटपटाएन । आपैm चटपटाउनु प¥यो । भूत बोलेन । आपैm बोल्नु प¥यो । भूत लुकेन, आपैm लुक्नु प¥यो ।
उहाँहरूलाई ‘मुख छ कि मुलुक छ’ भन्ने उखान पनि थाहा थियो । त्यही भएर उहाँहरू यति धेरै बोल्नु भयो कि अरू पार्टीहरूको जवाफ पनि आपैm दिन थाल्नुभयो । अदालतको मुद्धाको जवाफ पनि आपैm दिन थाल्नुभयो । भ्रष्टाचारीको जवाफ पनि आपैm दिन थाल्नुभयो । पैmसला आपैm दिदै हिड्न थाल्नुभयो । साना भन्दा साना, महत्वहीन, गाली गर्न, अर्कालाई होच्याउन व्यस्त रहनुभयो । उहाँहरूलाई लाग्यो, मुख छ कि मुलुक छ । पैतिस बर्ष त यो उखानले काम गरेको देखियो । उहाँहरू सिर्पm बोल्नका लागि बोलिरहनुभयो । ननस्टप । धाराप्रवाह । तर अहिले त्यो उखानले काम गरिरहेको छैन । मुख फर्काउन थाले मान्छे । एउटा इतिहास बोकेको राष्ट्रिय व्यक्तित्वहरूलाई यो हुनु ज्यादै अशुभ हो ।
उहाँहरूलाई ‘अछेतापाती धामीलाई, बिराम जति हामीलाई’ भन्ने उखान पनि थाहा रहेछ । देश बनाउँछु भनेर उहाँहरू हिंडनुभयो । र भन्नुभयो, यो देश अग्रजहरूले समाप्त पारेका छन्, अब हामी यसलाई स्वीट्जरल्याण्ड बनाउँछौं । देश त के बनाउनु, आपूm र आप्mनालाई चाहिं निकै संबृद्ध बनाउनुभयो । र उखान उल्टियो, ‘अक्षतापाती हामीलाई, बिरामीजति धामीलाई ।’ उहाँहरूले संधै भन्नुभयो धम्कीको भाषामा ‘देखौंला नि पाँडेको दीर्घायू’ । राजाले अलिक ठूलो सास फेर्नुभएन, अलिक लामो विज्ञप्ती निकाल्नुभएन, अलिक केही कुरा बोल्नु भएन । उहाँहरूको धम्की आइहाल्थ्यो ‘लोकतन्त्र खतरामा छ’ । राजसंस्थालाई ‘पाँडे’ ठान्नुभयो । अन्ततः पाँडे नै बनाउनु भयो भारतीय नेताको शरणमा गएर भए पनि । तर समय र त्यो उखान फेरि उल्टियो ‘पाँडेले हेर्छ तिमीहरूको दीर्घायू’ । साँच्चै पाँडेले हे¥यो यिनीहरूको दीर्घायू । कोही ज्यान जोगाउन हेलिकप्टरमा भागे । कोही भाग्न नसकेर मरणसन्न हुनेगरि कुटाइ खाए । कोही आपूm लुसुक्क भागे र जलिरहेकी श्रीमतिलाई छोडे । कोही निकै दिन गुमनाम भए ।
आज यसरी उखान टुक्काहरू धमाधम उल्टिँदैछन् ।
समय फरक वेगमा कुदिरहेको छ । अर्थात हावा पश्चिमबाट चलिरहेको छ, तर उहाँहरू पूर्वबाट पश्चिम गइरहनुभएको छ । र आप्mनै गन्तव्यलाई आपैmले पासो थापेर बस्नुभयो । अनि त्यसमा आपैm पर्नुभयो । अब ती दुत्कारेका राजासंग सहकार्य गर्नु पर्ने दिन आइरहेको छ । आपैmले पासो थापेर फन्दामा पार्न खोजेका पात्रहरूका अनुहार आप्mनै अगाडि ढडिने भयो, अनि तिनलाई बाँचुञ्जेल हेरिरहनु पर्ने भयो । माकुनेको ‘यो चुनाव मेरो अंतिम हो’ भन्ने कुरा र महेश बस्नेतको ‘राजनैतिक सहमति गरेर मात्र चूनावमा जानू भन्ने अभिव्यक्ति ठीकै हो’ भन्ने अभिव्यक्तिले अब माथि पेश गरेका उखानहरू उल्टिएका नभएर के भएको हो त ?
मरिच आप्mनै पिराले चाउरिएछ । जीवनको उत्तरार्धमा थाहा भयो ।
मुख हुँदैमा मुलुक हुँदैन । पउल साइमनको ‘साउण्ड अभ साइलेन्स’ कविता भयो यो दुनियाँ ।
पाँडे त चिरञ्जीवी रहेछ । हामी पो यति छिट्टै बिदा भयौं त !
अबको बाटो बिनिर्माण भएका उस्ता अनेकौं उखानहरू पढेर बस्ने हो । ती कुनै बेला काम आउन सक्छन् ।
जय होस ।