एक चेतनशील
विवेकी
कर्मशील
कर्तव्यपरायणता
समयको परिपालक
दुरदर्शी
अजिवको मान्छेहरु
हिजोआज
रुप
अवयव
अजङ्गको देखिएका छन
बग्रेल्ती सपना र बिपनाका समय रेखाहरु
कहिले पार गर्दै
उकाली ओरालीहरुमा
संघर्ष गर्न पछि नहट्ने
उ बहादुरी छ
जादुगरी छ
एक कालिगड
कलाकार
छायाकार
निर्देशक
कथाकार
गीतकार
साहित्यकार
नेता
अभिनेता
खलनायक
गायककार
डाक्टर
अनेक – अनेक
उपाधि पाएको
अजिवको मान्छेहरु
बिचको भीडै – भीडमा
श्रम बेच्न
नहिच्किचाउने मान्छे
रङ्ग बेरङ्गका
नक्कली बोली बोल्छ
घरीघरी
असत्यलाई सत्य बनाउछ
सत्यलाई असत्य बनाउछ
बुट्टा भर्छ
नाटक गर्छ
भिखारी बन्छ त कहिले
सुकुम्बासीको नाम दर्ज गर्छ आफैलाइ
त्यसैले
उ सजिव मान्छे न हो
सामाजिक प्राणी मध्येको
अजिवको मान्छेहरू
दायाँबायाँ चलखेल गर्न जान्दछ
मान्छेभित्रको कु मान्छे पनि उनै हो ……………….???
हो, वास्तवमा शाश्वत सत्य पनि यो हो कि हिजोको मान्छेहरु आज मान्छे हुन सकेनन । आदर्शको पाठ उसले पाठ्शालामा गएर सिकेन, सिक्यो त जाल, झेल षड्यन्त्र, चालवाज, ढाट्न, लुट्न देखि बाहेक उसले अरु केही सिकेन । पाठशालामा गुरुले सत्य वचन, गौतमबुद्धका महानवाणी, फाल्गुनन्दका आदर्श बन्ने वचन, सुकरात जस्तो बन्नुपर्छ लगायतका अन्य सत्य वचन सिकाउनु भयो तर यसलाई अक्षरस ः पालना गर्न सकेनन, आजका आधुनिक मान्छे भनाउदा सामाजिक प्राणीहरुले । आजको बिज्ञान तथा प्रविधिको जमानामा मान्छे वास्तवमा भगवान हो, बैज्ञानिक हो, जादुगर हो उसले मात्र गर्न नसक्ने काम क्षणभरमै गर्न सक्छ भन्ने कुराको प्रमाणित राष्ट्रिय तथा अन्तरास्ट्रिय बैज्ञानिकहरुले हिजोदेखि आजसम्म गरेका चमत्कारिक अन्वेषणबाटै हामीलाई ज्ञात भएकै छ भने कसैले प्रमाणित गर्न नसकेका कामहरु उसैलेमात्र प्रमाणसहित पूरा गरिदिएको छ । हुने र असम्भव कुरालाई पनि सहज बनाउने मान्छेहरूनै हुन । सामूहिक एकता भाड्ने फेरि जोडनेपनि मान्छेहरुनै हुन । जो जसरी आफ्नो गरिमाको महत्व बुझेर अघि बढ्नुपर्ने हो नि मान्छेहरु, आज उ त्यसरी अघि बढेन उसको मगजमा खुरापाती खेल, अर्काको खुट्टा तान्ने प्रवृत्तिले उसैलाई गाजेको छ, थिचेको छ जीवनमै नउठने गरि । हिजोआज यति नराम्रो कुकर्म गरेर मान्छेको अस्मितामाथि प्रश्न चिन्ह खडा उसैले गर्दैछ कि मान्छे मार्नसम्म उद्दत भएको कुरा हामीले हाम्रै देश नेपालमा देखिरहेकै छौ । रकमकालागि उसले परिवारै सखाप बनायो, आफू अघि बढ्नका लागि अर्को मान्छे लगाएर मार्नसम्म लागिपर्यो । राजनीति, सामाजिक, धार्मिक रुपमा प्रसिद्ध कमाएका ब्यक्तित्वहरुलाइ सखाप बनाउन हिजोदेखि आजसम्म
छलकपट गरेर आपराधिक कर्ममा जुटनेपनि उ नै छ । हिजो आफ्ना जिजुबाजेले सिकाएका आदर्शवचन सबै भुल्दैछन, हिजो अर्काले गरेको गुण सबै भुलेर उसैलाई सिध्याउन उद्दत छ, मान्छे । भोलि यो जीवनबाट बिदा लिनुपर्छ सबैले, बाचुन्जेल सबैले राम्रो कर्म गर्नुपर्छ भन्ने बुझ्दापनि कुकर्म गर्न पछि हटदैन मान्छे । जब मान्छेका नयनहरु सेतो कात्रोमा बेरेर घाटसम्म पुर्याइन्छ तबमात्र आफ्नो नयनबाट बलिन्द्र आँसुका धारा बगाउछ , एकछिन । तर क्षणभरमै मृत्युवरण गरेको मानिसलाई दिएको दागबत्तीबाट रोएका अनेक मनहरुलाइ भुलिदिन्छन तिनै मान्छेहरूले । न मान, न इमान, न जमान केहीको परवाह गर्दैन, हिजोका दिनमा आफू अप्ठ्यारोमा परेको बेलामा कसले के कति सहयोग र समर्थन गर्यो र उसलाई पनि अप्ठ्यारो परेको बखत मैले कसरी सहयोग गर्नुपर्ने हो त्योसम्म ख्याल गर्दैन मान्छे । अर्कोलाई लडाएर, जालझेलमा पारेर, सहयोग र समर्थन समर्थन नगरेर होच्याउने सम्मको काममा अडिग रहन सक्दैन । तपाईं आफ्नै नातागोता, कुलकुटुम्बको पर्नुहोस आफूलाई अप्ठ्यारो परेको बेला सरसापट, ऐचोपैचोसम्म पाउनु हुन्न आफन्तजनबाट । यतिमात्र कहाँ हो र ? तपाईं कुनै कामचोर प्रशासकको जी हजुरी गर्ने सेवक बन्नुहोस, उसले उसैको निजी स्वार्थको लागि काम गरिदिने कोहि ब्यक्ति होस, उसैले मुनाफा प्राप्त गर्छ, जीवनमा । तपाईं समयलाई आफ्नो दाहिने बनाएर अघि बढ्नुहोस, सबै काम फेरिस्त राख्नुहोस । आउने समय कुन हो, जाने समय कुन हो ? यो सबैलाई आत्मसात गरेर निः स्वार्थी भएर कर्ममा जुटनुहोस । कोहिकसैको नजरमा तपाईं ती जालसाजी गर्ने, कित्ताकाट गर्ने, राजनीति लेप लगाउने कु मान्छेहरुको दृष्टिगोचरमा तपाईं कहिल्यै सम्मानित हुनुहुन्न, यो लेखेर राखे हुन्छ । किनकि यो स्तम्भकारले ती स्वार्थी मान्छेहरु मध्येका कोहीकोहि निः स्वार्थीहरु पाखा लगाइएको विरासत निगिचबाट नियालेको छ, बिगतमा । यहाँ त सम्मान पाउनका निम्ति कसैको लवेदा समात्नुपर्ने, जी हजुरी गर्नुपर्न, भजन गाउनुपर्ने रसास्वादन गराउनुपर्ने अनिमात्र तपाईंले सबैभन्दा ठूलो सम्मान पाउनुहुनेछ ।
अन्त्यमा
ए मान्छेहरु !
तिमी नक्कली नमन
एउटा सामाजिक ब्यक्ति बन
लोकप्रियता कमाउ
अरुलाइ पनि मानसम्मान गर
सवैलाइ समान व्यवहार गर
अर्काको चरित्र हत्या नगर
कसैको रिसराग नगर
तन, मन, धन, वचन, कर्मले मानव सेवा गर
अर्काको रिस, डाहले तिमी स्वर्गमा होइन
नर्कमा पुग्नेछौ
ए मान्छेहरु !
आउ अब शान्तिको कामना गरौं
हातमा हात मिलाऔ ।

Author

You may also like