गर्मी बढे संगै छालाका बिरामीहरु पनि बढिरहेका छन् ।गर्मिमा चल्ने तातो हावा र धुलोले गर्दा छालामा पसिना आउने र धुलोका कणहरु छालामा टासीएर मसिना –मसिना बिमिराहरु वा ठुला– ठुला डाबरहरु पनि भएको हामी पाउछौ । छालामा हुने एलर्जी वातावरणबाट हुने प्रभाबको प्रतिफल हो ।एलर्जी विभिन्न कारणले गर्दा हुने गर्दछ जस्तै, धुलो, धुवा, किरा फट्यांग्रा ले टोक्दा, विभिन्न रसायन को प्रयोगले, कस्मेटिक को प्रयोगले, विभिन्न औषधिको प्रयोग आदि । जब हाम्रो शरीरको प्रतिरक्षा प्रणाली यी प्रदुषणहरुको सम्पर्क मा आउछ तब हाम्रो शरीरले यसको बिरुद्ध मा हिस्टामिन भन्ने पदार्थ निकाल्छ । हिस्टमिनका कारण छालामा डाबरको रुपमा एलर्जी देखिन थाल्दछ।
कारणरु
एलर्जीका कारणहरु हजारौ हुन्छन ।एलर्जी के ले गराऊदछ भन्ने कुरा व्यक्ति व्यक्ति मा फरक हुन्छ ।कसै लाई केहि चिज ले एलर्जी गराऊदछ भने कसै लाई त्यहि चिजले केहि गर्दैन ।
– हामी ले दैनिक प्रयोग गर्ने साबुन, लुगा धुन प्रयोग गर्ने सर्फ ÷
– किटनासक औषधिहरु ।
– विभिन्न रसायन हरु, कस्मेटिकहरु।
– हामी ले प्रयोग गर्ने सुगन्धित पदार्थ ,इत्र आदि ।
– विभिन्न औषधिहरु ।
– सरसफाई मा प्रयोग गर्ने विभिन्न पदार्थहरु ।
– हामीले प्रयोग गर्ने ग्लोव्स आदि ।
माथि उल्लेखित कारणले मात्र एलर्जी हुने होइन यी तत्वहरुको सम्पर्कमा हामी बारम्बार आइरहदा हाम्रो छालाले बाहिरी पदार्थ (एन्टीजन)को रुपमा यसलाई लिन थाल्दछ र छालामा एलर्जी देखा पर्दछ ।
प्रकारहरु
१. छाला को एलर्जी–जब हाम्रो छाला विभिन्न रसायनको, धुलो, सुगन्धित पदार्थ, इत्र आदि को सम्पर्क मा आउदछ त्यो बेला हाम्रो छालामा डाबरहरु आउने हुन्छ, छाला चिलाऊदछ,रातो हुने हुन्छ त्यसै लाई हामी छालाको एलर्जी भन्दछौ ।
२. खाना को एलर्जी–प्राय जसो ४–६% बालबालिकाहरु र ४% बयस्कहरुमा खानाको एलर्जी भएको हामी पाउँदछौ । ति खानामा प्राय अन्डा, दुध, ढुधबाट बन्ने परिकार, बदाम, माछा, काजु, ओखर, तिल, भटमास आदि पर्दछन् ।
३. धुलोको एलर्जी–घर वरपर हुने धुलोका कारणले हुने एलर्जी ।
४. औषधि को एलर्जी–हामी ले प्रयोग गर्ने विभिन्न औषधिका कारणले पनि एलर्जी गराउने हुन्छ । जस्तै एभलष्अष्ििष्ल, ब्लतष्अयलखगकिबलतक, दुखाई कम गर्न प्रयोग गरिने औषधि आदि ।
५. किराको टोकाईबाट हुने एलर्जी– हामी सबैको घरमा पाइने किरा मिराहरु जस्तै शांगला, किरा,फट्यांग्रा आदिको सम्पर्क मा आउदा पनि छाला चिलाउने समस्या हुने गर्दछ ।किरा को दिशा, पिसाब र बिष मा हुने प्रोटिन को कारणले एलर्जीको समस्या हुने गर्दछ ।
लक्षणहरुः–
कुन प्रकारको एलर्जी हो लक्षणहरु पनि त्यसै अनुरुप हुन्छन । एलर्जीलाई सजिलै संग चिन्न र छुट्याउन सकिन्छ ।
छाला को एलर्जी
१. छाला रातो हुने
२. छाला चिलाउने
३. छाला मा मसिना तथा ठुला– ठुला डाबरहरु आउने
४. छाला सुन्नीने
५. छाला मा कत्ला आउने
६. छाला फुट्ने आदि लक्षण हरु देखा पर्दछ ।
खाना को एलर्जी
१. सास फेर्न गार्हो हुन्छ ।
२. वाक वाक लाग्ने, बान्ता हुने हुन्छ ।
३. तारम्तार खोकी लागि रहने हुन्छ ।
४. छाला निलो हुन्छ
५. छाला मा डाबरहरु आउने हुन्छ
६. कसै कसै लाई गम्भीर प्रकार को समस्या देखा पर्दछ जसलाई हामी ब्लबउजथबिहष्क भन्दछौ। जसमा बिरामी लाई सास फेर्न गारो हुने, ठुला ठुला डाबर हरु आउने, बान्ता हुने, चक्कर लाग्ने हुन्छ । यस्ता लक्षण देखा परेमा ढिलो नगरी अस्पताल गई चिकित्सक लाई देखाउनु पर्दछ ।यसमा बिरामी को ज्यान पनि जान सक्छ ।
धुलो को एलर्जी
१. छाला चिलाउने
२. सास फेर्न गारो हुने
३. हाछिउ आउने
४. नाक बाट पानी बग्ने
५. आखा चिलाउने, आँखाबाट पानी बग्ने, आँखा रातो हुने हुन्छ ।
औषधि को एलर्जी
१. छाला चिलाउने
२. सास फेर्न गारो हुने
३. बान्ता हुने
४. शरीर सुन्निने
५. शरीर मा डाबरहरु आउने
६. रिंगटा लाग्ने
७. ब्लबउजथबिहष्क (गम्भीर प्रतिक्रिया)
किरा को टोकाईबाट हुने एलर्जी
१. सास फेर्न गारो हुने
२. शरीर मा डाबरहरु आउने
३. नाक बन्द हुने
४. छाला सुन्निने
५. स्वर मा परिवर्तन हुने, जिब्रो र घाटि सुन्निने हुन्छ ।
बचाऊ तथा उपचारः–
माथिबाट हामीले के कारणले हामीलाई एलर्जी हुन्छ भन्ने थाहा पायौ र के पनि थाहा भयो भने एकपटक को प्रयोग वा एक पटकको सम्पर्कले मात्रै एलर्जी हुदैन । त्यसैका लागि बारम्बार हाम्रो शरीर त्यो बस्तु संग सम्पर्क मा आइरहनु पर्छ। त्यसैले सर्बप्रथम त हामीले ति पदार्थहरुको सम्पर्क बाट टाडा रहनु नै प्रमुख उपचार हो । कतिपय अवस्थामा हामी ति बस्तुबाट टाढा हुन सक्दैनौ वा भनौ हामीलाई थाहा पनि हुदैन त्यस बेला हामीले योग्य चिकित्सक को सम्पर्क मा रही औषधिको सेवन गर्नु पर्ने हुन्छ । जथाभाबी औषधिको सेवन गर्दा मानिस को ज्यान पनि जान सक्छ ।
होमियोप्याथिमा एलर्जीमा प्रयोग हुने निकै राम्रा–राम्रा औषधिहरु छन्। माथि उल्लेखित सम्पूर्ण लक्षणहरु को राम्रो उपचार हुनु का साथै यी औषधिले तपाईको प्रातिरक्षा प्रणाली लाई मजबुत बनाउने काम गर्दछ । होमियोप्याथिमा कुनै पनि रोग को निश्चित औषधि हुन्छ भन्ने हुदैन । औषधि बिरामीको लक्षणका आधार मा तय गरिन्छ त्यसैले योग्य होमियोप्याथिक चिकित्सक सो सम्पर्क मा रही औषधि सेवन गरेमा मात्र हामी यो समस्या बाट मुक्त हुन सक्दछौ ।
समाप्त ÷÷÷
लेखक कंचनजंघा होमियो क्लिनिक दमककि चिकित्सक हुनुहुन्छ ÷

Author

You may also like