छोराछोरीका सपनाकर सारथी हुँदा रहेछन् बाबु–आमा । डुंगा हुँदारहेछन् बाबुआमा । सपनालाई विपनामा उत्तार्ने अश्त्र हुँदा रहेछन बाबुआमा । यस पटकको सपनामा छोरी ज्वाईले सजाएको. तिरुपति बाबाको दर्शन गर्ने फेहरिस्तको साथी भयौं हामी । २०८१ वैसाख २३ गतेको दिन । सुन्दर वसन्त र हाम्रो यात्रा सुरु भयो न्यू जलपाईगुडी रेलवे स्टेसनबाट । निरन्तर निर्माण कार्य भइरहेको यो भव्य स्टेसनलाई देखाउँदै सम्धि बोल्नुभयो –के का पैसाले नेपालमा रेल चल्छ ? कसले बनाई दिन्छ यस्ता महंगा प्लेटफर्महरु ? रेल कसले किनिदिन्छ ? अनि यत्रा रेलमा चढ्ने मान्छे कहाँबाट आउँछन ? यो हावा प्रधानमन्त्रीका बकम्फुसे कुराले पनि सारै वाक्क भइयो….।”
सम्धिको यो कुरामा मैले सच्याउनु पर्ने केही पनि कुरा थिएन । कर्मचारीको तलव खुवाउन पैसा ऋण लिने राज्यले रेलको सपना देखाउनु हाँस्यास्पद विषय पनि हो । राज्यले नत कुनै उत्पादन गर्छ नत औद्योगिकिकरण छ । नत कृषि र पर्यटन जग्मगाएका हुन् । नत कुनै रोजगरी छ । किसानले सडकमा दूध पोख्नु पर्छ । सब्जी र टमाटर सडकमा पोख्नुपर्छ । दुईजना सन्तान पढाउन विदेशीनु पर्छ । अनि तिनै मान्छेले कमाएर पठाएको रेमिट्यान्सले देश चलाउनु पर्छ ।
उनले सहज उत्तर दिए, पाकिस्तान जस्का हतियार से अलवा कुछ भी नहीं । ओ रोटीसे हतियार खरीद कर्ता हे । वहाँ पर संकट है । पैसे भी नहीं । हर माल महंगा बढ्ता रहाहै ।
मैले पनि पाकिस्तानको औठावीक हतियारको कुरा झिक्छ । एउटा सामान्य सैनिकलाई यो कुरा थाहा छ कि छैन भनेर जाँच्नु छ ।
“भाई साव, पाकिस्तानके साथ तो न्यूक्लीयर विपन हेन ।”
उनी उत्साहित बनेर उत्तर दिन थाले “क्या कते हे ओ वेपनसे ? उनीने स्तमाल गरेंगे तो ओ भी समाप्त हो जाएगा । ओ कभी नहीं बचेगा । उसके लिए कोही भी सपोर्ट कर्ने लिए नहीं आएगा । अम्रिका भारत के साथ आ सकते । रसिया भारतके हरपल साथमें है । चीन तो सिर्फ आर्थिक लाभ ढुन्तें है । चीन ने जिसको सर्पोट करेगा, ओ टाठ पल्टेगा ।
“श्रीलंका में यही हुवा । उसके सभी बंदरगाह आज चीनके कन्टूोलमे हैं।”
उनको यो चेतना देखेर म छवक पर्छु उनका व्यक्ति मात्र होइन उनीमा आर्थिक चेतना पनि अद्भुत रहेछु ।
रेलवार विहारका कृषि फाँटहरू देखाउँदै भन्न थाले – “यहाँ सभी लोग काम करते है । कोही किसान है । कोही व्यापारी है । कोही जागीर वाले है । कोही उद्योग चलाते है । कोही रिसर्च कर्ते है । कोही समाज सेवा में है । राजनीतिमे है । सभी लोग काम कुर्ते है ।”
“सही ।” मैले सही थपें ।
“ लेकिन नेपाल में लोग काम नही करते? ओ तो कामके लिए भारत आते है । विदेश अर जाते है । क्यूँ ?” अब म संग उनलाई दिने उत्तर छैन । के दिने ?
भारतको एउटा मामुली सिपाईले नेपाल देश पढेको ? बुझेको ? विश्लेषण गरेको ? अचम्ममा पर्छु म । “थोडा बाहर जाते भी । अर लोग काम करते भी ।” उनलाई मेरो उत्तरमा विश्वास लाग्दैन र भन्छन– “सब कुछ भी माल भारत से जाता है । उसका एक्पोर्ट –निर्यात) कुछ भी नहीं है । विदेश जाकर कमाते है, अर उस पैसेसे किनकर खाते है । इस तरह देश चलन मुस्कील होगा ।”
उनले झ्यालबाट पर खेतमा काम गरिरहेका सैयौं किसानको हुललाई देखाउँदै भन्छन “काम देशमें देशके लिए कर्ना है । ये किसान लोग हरपल काम करते है । जिसका परिणाम भारत ने अफ्रिका, अम्रिकाके लोगको रोटी खिलारहा है ।”
उनको कुरोमा हरपल समर्थन गरिरहेपछि मलाई एउटा आपत आइलाग्छ । उनी मलाई सुझाव दिन थाल्छन ।
मलाई आफ्नै जस्तो देख्न थाल्छन् । आफ्नै जस्तो बोल्न थाल्छन । आफ्नै जस्तो बनाउन पनि थाल्छन । यहाँ निर म आपतमा पर्छु । उनी जब भन्न थाल्छन नेपालको बारेमा, “नेपाल सुन्दर देश है । रिसोर्स भी अधिक है । लेकिन भ्रष्ट नेताओसे ऊ खतम हो रहा है । ओ कर. असुल्ते है । त्यही खाते हैं । त्यहीं रमाते है । दुनियाँका महंगा कर नेपालमे है । फिर रासन कार्ड लोक को नहि दिया । गरिब लोग भी नही पा रहा है ।
क्यू ?”
म झनै आपतमा परे । होइन भनूँ भने कुरा हो, छ । ‘हो’ भनूँ भने राष्टूको अपमान भइरहेको छ । उनको उचाइ झनै बढ्दै गयो जान्छ ममाथि । उनी झतै पर पुगेर ममाथि हावी हुन थाले । र भन्न थाले, “सर जी, आपने कभि क्यू यहाँ भारतमे मकान लिनेकि सोच नहि बनाया ?” मैले मेरो सबै परिचय भनिसकेपछि उनले यस्तो प्रश्न गरे । किनभने मेरो भारतमा केही पनि छैन । मलाई अबचाहि उनीदेखि रीस उठ्न थाल्छ । प्रतिवाद गर्न मनलाग्छ । एउटा सार्वभौम देशको नागरिकलाई अर्को देशमा किन संपत्ति नजोडेको ? भनेर प्रश्न गर्ने अधिकार पटक्कै हुन्न । तर उनले सोधे– मैले गम्भीर भएर प्रश्न गर्न बाध्य भएँ– “क्यूँ ?”
मेरो प्रश्नको गहिराई बुझे कि बुझेनन्, तर उनको उत्तर खतरनाक थियो, “क्या मिलते हे तुमको ? रासने यहीं से जाता है । सब्जी यहीं से जाता है । सारा सामान यही ऐ जाता है । वहाँ तो कुछ भी नहीं है । सिर्फ नाम है, भूगोल है । सिर्फ नामने कुछ भी नहिं खिलाते । पेट नहीं भर्ते । पाँच लाखका गाडी पच्चीस लाख परते है । इतना कर तिरकर लोगो ने क्या पाते ? तुम क्या पाते ? सर जी, एक थोडा इस जग्गामे मकान खरीद करते हो तो यी सभी चीज आप्को मिलती रहते है ।”
यसपछि मैले उनीसँग सम्बन्ध गर्ने हिम्मत गरिँन । जर्वजस्त आँखा चिम्लिएँ । खाना आइ–पुगेछ रातिको । आँखा उघ्रो । अगाडीको देखलमा खाना थियो । नाति रिजन, ती सैनिक भाइसँग सिटमा बसेर मुस्कुराउँदै थियो ।
दमक, झापा