देश–समाज समाचार स्थानीय

झापामा माटो परिक्षणमा नयाँ प्रविधि

दमक/झापा जिल्ला कृषिको सम्भावना बोकेको जिल्ला हो । खेतीकोलागि उत्पादनमुलक माटो र हावापानी भएको झापामा एकवर्षकै अवधीमा ३ बालीसम्म उत्पादन गर्न सकिन्छ ।
ठूलो क्षेत्रफलमा खेती गर्ने किसानहरुकालागि अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ । झापाको नमूना एकिकृत खेतीले संभवत जिल्लामै पहिलो डिजिटल प्रविधिको माटो परिक्षण मेशिन प्रयोगमा ल्याएसँगै ल्याब विनै खेतबारीमै तत्काल माटोको जाँच गर्न थालेका छन् ।
यो सुविधा आएसँगै ल्याबमा लगेर वा घुम्ति शिविर राखेर परिक्षण गर्नुपर्ने अवस्था झापाका किसानले हटाउँदै लगेका छन् । अव खेतीमै लगेर मेशिन जडान गरेपछि तत्काल माटोको अवस्थाको आवश्यक सम्पूर्ण विवरण उपलव्ध हुने गौरादह नगरपालिका ५ मा ८० विगाहमा ८ बर्षदेखि खेती गर्दै आएको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनिधी चापागाँईले बताए । उनका अनुसार खेतमा लगेर मेशिन गाडेपछि त्यसको परिणाम इन्टरनेट मार्फत विश्वका कुनै पनि स्थानबाट हेर्न सकिने छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद र गौरादह कृषि क्याम्पस सहितको सम्झौतामा गौरादह नगरपालिकाले विभिन्न बालीमा अनुसन्धान गर्दै आएको छ । जसका लागि खेतीमा मेशिनको प्रयोग गरी माटोको विस्तृत परिक्षण गर्न थालिएको कृषि क्याम्पसका विधार्थी तथा कृषि प्राविधिक नविन नेपालले बताए । नेपालका अनुसार माटोको अम्लीयपन, चिसोको मात्रा, नाइट्रोजन, फसफोरस लगायत अन्य खाद्य तत्व समेत एकैछिनमा हेर्न सकिने भएको छ ।
माटोको अवस्था नबुझी खेती गर्दा बाली उत्पादनमा ठूलो असर पर्ने हुन्छ । माटो परिक्षण नगरी गरिएको रासायनिक मलको प्रयोगले माटोको अवस्था विग्रँदै गएको वेला जिल्लामा पहिलो पटक सिधै जमिनमा गाडेर माटोको विस्तृत परिक्षण गर्ने मेशिन भित्रिएपछि किसानलाई ठूलो राहत पुग्ने उनीहरुको भनाइ छ ।

Author

You may also like