पछिल्लो समय भ्रष्टाचार र अनियमितताको अनेक रूप बाहिर आउने गरेका छन् । भ्रष्टाचार बढ्दो क्रममा छ । श्रोत र साधनले धनी देश भएपनि भ्रष्टाचारले जरा गाढेपछि देश अघि बढ्न मुस्किल पर्दो रहेछ । देशमा भ्रष्टाचार सबैभन्दा ठुलो दुस्मन भएको छ । यसलाई राजनीतिक दलहरुका कतिपय नेता–कार्यकता नै सामेल देखिए पनि दल र सरकार संयन्त्रबाटै उनीहरुको संरक्षण हुँदा उन्मुक्ती पाउने गरेका छन् । सीमित स्रोतसाधन मात्र देश विकासका निम्ति उपलब्ध हुन्छ । अर्थशास्त्रले साधन र स्रोतलाई दुर्लभ नै मान्छ । दुर्लभ स्रोतसाधनको अधिकतम व्यवस्थापन गर्न सक्दा कुनै पनि देशको विकासले चाँडो गति लिने अवस्था आउँछ । विकसित देश एकै पटक आजको अवस्थामा पुगेका होइनन् । तिनले कठिन मेहनत गरेका छन् । देशको प्राप्त स्रोतसाधनलाई अधिकतम उपयोग गर्न सके पनि भ्रष्टहरुको रजगज छउन्जेल देशले उन्नतीको बाटो समाउन कठिन हुन्छ । भ्रष्टाचारविरुद्ध कतिपय देशले त शून्य सहनशीलता नै अवलम्बन गरेका छन् तर सबै जसो विपन्न मुलुकमा प्राप्त सीमित स्रोतसाधनमध्ये पनि ठुलो अंश अनियमिततामै जाने गरेका अनेक उदाहरण छन् । त्यसले देशको विकासमा ठुलो अवरोध पुगेको हुन्छ । मुलुकमा तिव्र विकास हुन नसक्नुका अनेक कारणमध्ये भ्रष्टाचार पनि एउटा कारण हो । नेपालले यस कुरूप परिवेशबाट बाहिर आउन अनेक प्रयत्न गरे पनि सफल हुन सकेको छैन । कतिपय न्याय निरूपणबाट पनि भ्रष्टाचार साबित हुन्छन् तर कतिपय घटना समयक्रममा त्यसै सेलाएर जाने गरेका छन् । यही सरकारी संयन्त्र र नेतृत्वबाट भ्रष्टाचार नियन्त्रण गर्न नसकिने तथ्य स्पष्ट छ । भ्रष्टाचारविरुद्धको एकोहोरो उपचारात्मक विधि, प्रक्रिया एवं संरचनालाई संगठित स्वरूपमा विकास हुँदै गएको भ्रष्टाचार सञ्जालले सहजै आकलन गर्ने गरेको छ । हरेक योजनामा भ्रष्टाचार गर्ने–गराउने व्यक्ति एवं समूहको जमात ठूलो भएको साथै यसमा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीलगायत बिचौलिया, राजनीतिक कार्यकर्ता, विकास निर्माणमा सहभागी व्यक्तिसमेतको सहकार्य हुने गरेको पाइन्छ । पछिल्लो समयमा मूलतः मिलिभगत् शैलीमा भ्रष्टाचार छद्मभेषी स्वरूपबाट संगठित रूपमा सार्वजनिक स्रोतसाधन व्यक्ति वा समूहको गर्ने–गराउने प्रवृत्ति विस्तार हुँदै गएको देखिन्छ । यस प्रवृत्तिका कारण मुलुकको भ्रष्टमाथिको सजाय र दण्डको प्रयास अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको महसुस नागरिकले गरिरहेको विषय हो यो सर्बब्यापी महसुस भएको कुरा पनि हो । भ्रष्टाचार समाजका सबै क्षेत्रमा व्याप्त भएको छ र यसबाट समाजका हरेक क्षेत्रले हानि–नोक्सानीका साथै पीडा बेहोर्नु परेको ततो यथार्थ कोही सामु छिपाउन सकिन्न । भ्रष्टाचारजन्य कार्यले सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी, सदाचार र सद्भावको क्षयीकरण, विकृति, वितृष्णा र दरिद्रताको पृष्ठपोषण तथा सार्वजनिक सेवा प्रवाहको अवमूल्यन गर्ने गरेको छ । यस सन्दर्भमा भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै संयन्त्र मूलतः स्थानीय तहका सामाजिक संघसंस्था, सञ्चारकर्मी, उपभोक्ता समिति, नागरिक समाजलगायतका राज्यप्रति जिम्मेवारी भएका सम्पूर्ण नागरिकको क्रियाशीलता जरुरी छ ।
दमक/ सरकारले देशभरका सबै स्थानीय तहको वर्गीकरण गरेको छ । गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको हो ।सरकारले समपूरक अनुदानको प्रयोजनको लागि...
रास्वपाका सभापति हिरासतमुक्त हुने वित्तिकै राष्ट्रिय राजनीति तरंगीत, प्रधानमन्त्री ओली विरुद्ध मोर्चाबन्दीइटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त हुने वित्तिकै राष्ट्रिय राजनीति...