देश–समाज विचार/वहस

नेपाल शिक्षक महासंघको आन्दोलनको औचित्य

ओशोले भनेका थिए– “गुरु त्यो हो जसले कसैको आत्मालाइ ब्यूझाउन सक्छ र उ भित्रको नफुलेको फूल फुलाइदिन सक्छ । “हो, वास्तवमा गुरु भनेका उज्ज्वल नक्षत्रहरु हुन, जसको विवेकले देश बनाउने विद्वत वर्गहरुको जन्म गराइदिन सक्छन । शिक्षक बलेका दीप हुन, मैन बत्तीका सिखा हुन, जो भौतिक रुपमा जलेर भएपनि अरुलाइ नैतिक शिक्षा दिने गर्दछन । आदर्शको पाठ सिकाउछन । सामाजिक रुपान्तरणका लागि अर्थात परिवर्तनको लागि शिक्षा एउटा महत्वपूर्ण पक्षपनि हो । शिक्षा वर्ग निरपेक्ष कहिल्यै हुँदैन । “नयाँ नेपाल “र“ नयाँ संसार “को“ नयाँ मान्छे “बनाउन शिक्षक जहिल्यै पनि उत्तरदायित्व बहन गर्न न दिनमा भोक न रातमा निद्रा नभनिकन पनि बिद्यार्थीको भबिष्यप्रति चनाखो भइकन अहोरात्र शिक्षाको ज्योति फैलाउन लागिपरिरहन्छ । उनीहरूलाई देशको सार्है चिन्ता हुने गर्छ जो नेताले गर्दैनन । सामाजिक, आर्थिक,राजनीतिक, धार्मिक, नैतिक लगायतका अन्य धेरै बिषयमा सबैभन्दा बढी चिन्ता लिनेहरुमा गुरुहरुनै पर्दछन । महान ग्रीसेली दार्शनिक सुकरातले पनि भनेका थिए कि – “मानिस कसरी बाच्ने ? “भन्ने पाठ सिकाएका थिए ।
तत्पश्चात ऋषिमुनीहरुले पनि मौखिक रूपमा मानवीय चरित्रको विकासका लागि ज्ञान वितरण गर्दै गए । परिवा, समुदाय, धर्मगुरु आदिबाट वितरित ज्ञानलाई ब्यबस्थित ढङ्गले हस्तान्तरण गर्न बिधालय स्थापना गरे एवं ब्यक्ति र समाजको आवश्यकता पूरा गर्न विधालयबाटै औपचारिक शिक्षाको वितरण शुरु भएको थियो, उतिबेला । फलस्वरुप शिक्षण सिकाइ समेत प्रारम्भ भयो र शिक्षण एक पेशाको रुपमा संसारभर स्थापित हुन गयो । शिक्षा, शिक्षण र सिकाइ तीन पक्षहरुको कार्यगत अनुसन्धानकर्ता भनेकानै शिक्षकहरु नै हुन । परम्परागत रूपमा शिक्षकलाई शिक्षाको श्रोत मान्ने गरिन्छ । शिक्षकले नै बालकको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउदछ । बालकले स्वयं आफै शिक्षा ग्रहण गर्न असमर्थ हुन्छ भन्ने धारणा रहेको हुन्छ । तरपनि अध्ययन अध्यापन कार्य कुनै एक पक्षको अभावमा पूर्ण हुन सक्दैन । परम्परागत रूपमा शिक्षणको तात्पर्य सूचना प्रवाह गर्नु हो र दक्ष जनशक्ति उत्पादन गर्नुपनि हो । यसै अनुरुप शिक्षकको सक्रिय भूमिकालाई स्वीकार्दछ भने विद्यार्थीको भूमिकामा निष्क्रिय हुन्छ । शिक्षक र विद्यार्थीबिच ज्ञानज्योति अभिबृद्धि गर्नका लागि यी मूलभूत तत्वहरु हुन जरुरी हुन्छ –सिकारुबिच अन्तरकृया, शैक्षिक सूचना प्रवाह, शैक्षिक लक्ष्य अनुसार सिकाइका अभिप्रेरणा, विद्यार्थीको ज्ञान सीपको उद्देश्य पूरा हुन सक्दछ ।
शिक्षा मानव–मानवबिचको सह– सम्बन्ध, भुल र प्रयास एवम चेतनाको प्रयोगबाट शिक्षा विकसित हुँदै जान्छ । शिक्षा (ज्ञान जगतकै एक विधा÷शास्त्रको रुपमा १९ औं शताब्दीको मध्येदेखि विकासक्रम सुरु भएको पाइन्छ । यसलाई सूक्ष्म भाषामा भन्नुपर्दा “सिकाइको संसार “पनि भन्ने गरिन्छ । यहाँ बिभिन्न प्रकारका शिक्षकहरुको समूह हुन्छन स्थायी पेसादेखि राहत, अस्थायी दरबन्दी लगायत अन्य धेरै नामका अस्थायी प्रकृतिका शिक्षकहरु राज्यले बर्षौबर्षदेखि दरबन्दी शिर्जना गरेर राखेका कारणले शिक्षकहरु शैक्षिक नेता बनेनन शिक्षक नेता बने । अहिले न घरको न घाटको बन्न पुगेका छन । राज्य पक्षको राजनीतिक नेताहरुले उनीहरूलाई अवसर दिएन, शिक्षक सेवा आयोग खुलाएन । नेताहरुको लबेदा समाएर हिडने बनायो, राजनीतिक प्रचारक मात्र बनायो । जीवनकालको यो अवधिसम्म आइपुग्दा उमेरले डाडा काट्यो तर अस्थायीको अस्थायी रुपमा धकेल्दै त्यही कान्तिपुरको माइतीघर मण्डलामा धर्ना र जुलुसमा नारा जुलुस लगाउन लगाएर पुलिसको डण्डा, अश्रु ग्यास, पानीको फोहोराले एउटा विद्द्त बर्गलाई लाठी बजार्न सरकार उद्दत रहयो ।
शिक्षकहरु मनुष्यको निर्माता हुन भन्ने कुरा जान्दैन, सरकार । उसलाई गालीगलौज गर्नमात्र जानेको छ । बिहानदेखि बेलुकीसम्म श्याम श्वेत पाटीमा मार्करले लेपन गरेर आधा जीवन अक्षरमै हराउन सिकायो कर्मले । शिक्षक सत्यवादी, सक्षमता, स्नेह, शिक्षणमा निपुण, स्वस्थ, उत्सुकता र श्रोतपूर्ण गुणहरुले निपुण भएर काम गर्दा सम्म कुनैपनि सरकारले उनीहरूको जायज मागलाई सम्बोधन गर्न अहिलेसम्म सकेकै छैन । शिक्षहरुलाइ अनेक नामधारीमा दर्ज गराएर राज्यले अनेकन नामाकरण गरेर यो पेशामा आवद्द गरायो । जीवनमै सबैभन्दा गरिमामय पद यो हुँदाहुँदै कतिले यो पेसाबाट हात धुने अवस्था शिर्जना गरायो, सरकारी पक्षहरूले । यसमा कुनैपनि पार्टी अछुतो रहेनन, यहाँ मुखमा रामराम बगलीमा छुरा हान्नेहरुको भीड बढेको छ । आखिरी हामी बर्दीधारी शिक्षकहरुलाइ हाम्रै पार्टीको सरकार बन्दापनि के भयो र ? रोजीरोटीको लागि न्यून बैतनिक तलबमानमा हामीले काम गर्नैपर्ने भो । यहाँ फोस्रा भाषण जतिसुकै लगाएपनि बिहान १० बजे देखि बेलुकी ४ बजेसम्म हामीले पढाउनैपर्ने कर्म हो, जसमा हामी १७ थरी भन्दा बढी शिक्षकहरु हाम्रो पेसाप्रति बफादार छौ । वास्तवमा यो शिक्षामा अदृश्य शैक्षिक माफियाहरुको गोप्य भीड बढेको हुनाले गर्दा तमाम अनेकन थरीका शिक्षकहरुको माग सरकारले सम्बोधन नगरेकै हो ।
हिजो सत्तालिप्साको दलदलमा फसेर तमाम शिक्षकहरु तीन तहको निर्वाचनमा लागेर उनीहरूकै बुइ चढेर काम गरेको हुनाले उनीहरूले हामीलाई दास मनोवृत्तिका सम्झेकै हुन । त्यही भएर हाम्रा मागप्रति सार्है जनचासोको बिषय यो सरकारले नलिएकै हो । यो क्रम अगाडि बनेको सरकारलेपनि शिक्षकका मागमा कान ठाडो नपारेकै हुन, त्यो क्रम हिजोपनि थियो, आजपनि छ । यही विविध माग लिएर गत चैत्र २० गतेदेखि शिक्षा ऐनमा समावेश गरिनुपर्ने माग लिएर नेपाल शिक्षक महासङघले देशभरका शिक्षकहरुलाई अनिश्चितकालीन हडतालका लागि काठ्माण्डौको माइतीघर मण्डलामा भेला गरेर २२ सुत्रीय मागका लागि हडताल गरिरहेको छ । ती अनिवार्य मागहरुमा १) अस्थायी प्रकृतिका शिक्षक सम्बन्धमा २) बिधालय कर्मचारी सम्बन्धमा ३) बाल कक्षामा शिक्षक सम्बन्धमा ४) स्थायी शिक्षकका सम्बन्धमा क) बढुवा ब्यबस्था ख) तलब र ग्रेड सम्बन्धमा ग) स्थायीको आन्तरिक प्रतिस्पर्धा घ) निबृत्तिभरणको ब्यबस्था ङ) अस्थायी सेवा अवधिको गणना च) माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब बारे ५) द्वन्द पीडित शिक्षक सम्बन्धमा ६) संस्थागत बिधालयका शिक्षक सम्बन्धमा ७) प्रधानाध्यापकको ब्यबस्था सम्बन्धमा ८) शिक्षण काउन्सिल सम्बन्धमा ९) बिभागीय कारवाही १०) कार्य सम्पादन मूल्यांकन ११) शिक्षक कर्मचारीको सरुवा १२) पेसा प्रवेश उमेर १३) बि.ब्य.स. १४) जिल्लामा शिक्षाको एकाइ १५) पद समायोजन १६) बिधालयको सम्पत्ति हस्तान्तरण १७) प्राविधिक ग्रेड १८) शिक्षकको मर्यादाक्रम १९) शिक्षक दरबन्दी २०) ने. शि. महासंग २१) शैक्षिक प्रसाशनमा शिक्षकको सहभागिता २२) अध्ययनमा आर्थिक सहयोग लगायतका माग सम्बोधन हुनुपर्ने उठान नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले गरेको प्रतिबद्धताका साथ अहिले अनिश्चितकालीन हडतालमा देशभरका तमाम शिक्षकहरु शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका उनीहरूको माग बर्तमान सरकार र सरोकारवाला निकाय कटिबद्ध भएर उनीहरूको शैक्षिक मागलाई सम्बोधन गर्न एक इन्च पछि हटनुहुन्न । जय नेपाल शिक्षक महासङ्घ जिन्दावाद ।
(लेखक नेपाल शिक्षक महासङघ कमल गाउँ समितिका अर्थ सचिव हुनुहुन्छ ।)

Authors

You may also like